कुवेतमाथि नेपालको सानदार जित

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२५ कार्तिक २०७१, मंगलवार ०७:५८
काठमाडौ  । एसीसी यू-१९ प्रिमियर लिगको सोमबारको खेलमा नेपालले कुवेतलाई २ सय ६२ रन अन्तरले

पराजित गरेको छ । पहिलो ब्याटिङ गर्दै नेपालले ३ सय २६ रनको चुनौति दिएको थियो । नेपाली बलरले २७ ओभर ४ बलमा कुवेतलाई ६३ रनमा सिमित बनाइदियाे ।

निर्धारित ५० ओभरको खेलमा ७ विकेट गुमाएर नेपालले ३ सय २५ रन जोडेको थियो । नेपालले आइतबार साउदी अरेयिबासँग विजय सुरुआत गरेको थियो । साउदीसँगको खेलमा नेपालले ३ सय २१ रन बनाएको थियो ।
कुवेतमै जारी खेलमा घरेलु टिम विरुद्धको आजको खेलमा नेपालका लागि आरिफ सेखले- ८७, सौरभ खनालले-६४, सन्दिप सुनारले-४९, दीपेन्द्र एैरीले-४८, राजु रिजालले-३१ रनको महत्वपूर्ण योगदान गरे । नेपालले अतिरिक्त ३९ रन पाएको छ । बुधबार नेपाल मलेसियासँग भिड्ने छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१