टन्सिल जुनसुकै उमेरमा पनि हुन सक्छ । घाँटी दुख्ने,थुक निल्दा वा खाना खाँदा गाह्रो हुने, ज्वरो आउने प्राय यो रोगका लक्षण हुन । जिभ्रोको फेदमा मुखको दुवै पट्टि २ वटा लिम्फ हुन्छ । यि लिम्फले श्वासप्रस्वास र पाचन प्रणालीमा ब्याक्टेरीयाको प्रवेश गर्न रोक्छ ।मुख र दाँतको राम्रो सफाई नगर्नु, कुपोषण तथा वातावरणिय प्रदुषणको कारणले पनि टन्सिल हुन सक्छ भने व्याक्टेरीयाको कारणले पनि टन्सिल हुन्छ । सामान्य ब्याक्टेरीयाहरुमा हेमोलाइटिक स्ट्रेप्टोकोकस,स्ट्यापिकोकस, हेमोफाइलस इन्फ्लुयन्जा न्युमोकोकस पर्छन् ।टन्सिलको सुरुको अवस्थामा लिम्फमा सुजन हुन्छ ।
विस्तारै लिम्फोइड तन्तुहरु पाक्न थाल्छ र पीप भरिन थाल्छ ।यदि संक्रमणमा मुखको भित्रैसम्म गएर टन्सिलसम्म पुग्छ भने त्यसलाई क्याटारल भन्दछन् । यदि टन्सिलमा पीपहरु भरिएर साना साना धेरै दागहरु देखिन्छन भने त्यसलाई फलिकुलर टन्सिलाइटिस भन्दछन्। टन्सिलाइटिसको सुरुमा रातो रातो हुन्छ ।यदि टन्सिल माथि पीपहरुको जालो बनेमा मेम्ब्रानेउस टन्सिलाइटिस भन्दछन् । यदि पुरै टन्सिल सुनिएर एकै नासको रातो भएको छ भने पारेन्काइमेटाउस टन्सिलाइटिस भन्दछन् ।
•लक्षण:
सुरुमा बिरामीलाई घाँटीमा अप्ठेरो हुन्छ । निल्न गाह्रो हुन्छ तथा थकाई लाग्ने, भोक नलाग्ने र अल्छि लाग्ने हुन्छ ।विस्तारै ज्वरो आउन थाल्छ । टन्सिलहरु सुन्निएर रातो रातो देखिन्छ तथा क्रमश त्यहाँबाट पानी निस्कन थाल्छ ।पछि पीप बग्ने या सन्निने हुन्छ । यसका साथै लिम्फका तन्तुहरु पनि सुन्निएर कडा हुन्छन्।
•उपचार:
बिरामीले आराम गर्नु पर्छ र प्रशस्त झोल कुराहरु खानुपर्छ । ज्वरो घटाउन र दुखाई कम गर्न चिकित्सकको सल्लाहअनुसार औषधि सेवन गर्नुपर्छ ।टन्सिलको अवस्था हेरी एन्टिवायोटिक समेत खानुपर्ने हुन्छ ।टन्सिल दुई प्रकारका हुन्छन् । पहिलो एक्युट अर्थात संवेदनसिल
टन्सिल दास्रो दीर्घ टन्सिल । एक्युट टन्सिलाइटिस दीर्घ टन्सिलाइटिसमा परिणत हुन सक्छ । यो संक्रमण फैलिएर घाँटी तथा स्वर यन्त्रसम्म पुग्न सक्छ । टन्सिल भएपछि बच्चाहरुको कान पाक्न सक्छ । घाँटिबाट संक्रमण कानको नलीमा सर्न सक्छ । रुमेटिक ज्वरो, नेफाइटिस,टेस्लिको ब्याक्टेरिया खास गरी स्ट्रेप्टोकोकस हेमोलाइटिकाले घुँडा दुख्ने, मुटुको भल्भ सानो पार्ने वा अन्य जटिलता र शरीर सुन्निने गर्छ । यो रगतको जाँच गरेपछि थाहा हुन्छ।सख्त टन्सिलाइटिसलाई राम्रोसँग उपचार नगरेमा दीर्घप्रकृतिको रोगमा परिवर्तन हुन्छ । बारम्बार घाँटीको संक्रमण भैराखेमा लिम्फोइड तन्तुमा सुक्ष्म
पीपहरु बग्न थाल्छ । नाक र साइनसको बराबर संक्रमण भएमा टन्सिलमा असर पर्छ, नाकको श्राव (सिँगान वा अन्य रस)अगाडि निस्कनका सट्टा पछाडिपट्टि बगेमा पनि यो हुनसक्छ ।यसमा दोहोरी–
दोहोरी घाँटी दुख्ने,घाँटीमा अपठेरो महसुस हुने, दुर्गन्ध आउने, मुख गनाउने, निल्न गाह्रो हुने तथा बोलीमा समेत फरक हुनेगर्छ । परीक्षण गर्दा टन्सिलहरु आफ्नो आकारप्रकारभन्दा ठुला हुन्छन् र बढी रातो देखिन्छन् ।घाँटीका लिम्फग्रन्थीहरु पनि बढेका हुन्छन्।
•उपचार:
नाकको र पिनासको उपचार नगरेसम्म टन्सिलाइसिटको मात्र औषधि खाएर निको हुँदैन । एन्टिबायोटिक र एन्टिहिस्टामिनाको औषधि दिइन्छ । नुनपानीले कुल्ला गर्ने र औषधि सेवन गर्नुपर्र्छ । यदि कुनैपनि टन्सिलले बराबर दुख दिइरहेमा वर्षमा ५ पटकभन्दा बढी भएमा टन्सिलेक्टोमी गरिन्छ ।बालबालिकलाई अरु भित्रि असर नहोस भनेर चिकित्सककको सल्लाहमा इन्जेक्सन दिइन्छ ।
प्रतिक्रिया