चारसय नेपाली कामदारले गरे मलेसियामा हडताल

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२४ कार्तिक २०७१, सोमबार १२:२२
प्रदिप राई/
 मलेसिया,२४ कार्तिक । जोहर राज्यको मुहार स्थित वेगमेन्स फर्निचर कम्पनिमा कार्यरत धनुषाका सञ्जय यादबलाई ब्याबस्थापकले काठ प्रहार गरी घाईते बनाए पछी त्यहा कार्यरत कामदारहरुले कम्पनिको काम बन्द गरेका छन। कम्पनीका व्यवस्थापकले कामदार कुटेपछि उक्त वेगमेन्स फर्निचर कम्पनीमा कार्यरत चार सय नेपाली हडतालमा उत्रेका हुन। कुटपिटको विरोधमा उनीहरूले गत शुक्रबारदेखि काम ठप्प गरेका सोही कम्पनीमा कार्यरत रमेश राई ले जानकारी दिनु भयो।
घाइते यादवलाई सामान्य उपचारपछि होस्टेल पठाइएको र कम्पनीमा करिब चार सयभन्दा बढी नेपाली, करिब एक सयभन्दा बढी बंगाली र केही भियतनामी कार्यरत छन्।
आन्दोलनमा उत्रिएका नेपालीलाई कम्पनी व्यवस्थापनले आन्दोलन फिर्ता गरी काममा आउन आग्रह गरे पनि नेपालीले विभिन्न चार सूत्रीय माग राख्दै निरन्तर आन्दोलन गरिरहेका छन्। आन्दोलनमा उत्रिएका केही नेपालीलाई कम्पनीले घर पठाउने धम्कीसमेत दिएको छ।
उनीहरूलाई मेनपावरले तीन घन्टा ओभरटाइमको सुविधा, हप्तामा दुई दिनको काम ओभरटाइममा गनिने गरी महिनामा १२ सय रिंगेट कमाइ हुन्छ भनेर पठाएको थियो।
तर मलेसिया आए पछि उनीहरूलाई एक सप्लायर्स कम्पनीमार्फत सो कम्पनीमा पु:याइयो। उनीहरूलाई कम्पनीको मातहतमा काम गर्ने कामदारको भन्दा करिब आधामात्र तलब दिइएको थियो।

प्रतिक्रिया