एक महिनामा ३ सय महिलाले पाए सुरक्षित प्रसुती सेवा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२३ कार्तिक २०७१, आईतवार १६:०७

सम्राट सिंह
बझाङ २३ कात्र्तिक । जिल्लामा अस्पताल तथा विभिन्न बर्थिङ सेन्टर गरी एक महिनामा ३ सय महिलाले सुरक्षित प्रसुती सेवा पाएका छन । जिल्ला अस्पताल बझाङमा ५१ जना र बिभिन्न गाविसमा रहेका ३५ वटा बर्थिङ सेन्टरमा २ सय ४९ गरी ३ सय महिलाले सुरक्षित प्रसुती सेवा पाएका हुन ।
आमा सुरक्षा कार्यक्रम अन्र्तगत सरकारले सुरक्षित प्रसुती सेवाका लागि सुचिकृत स्वास्थ्य संस्थाबाट २४ सै घण्टा प्रसुती सेवा दिने व्यवस्था गरेको छ । गर्भवती महिलाले कम्तीमा ४ पटक नियमित गर्भ चेक जाँच गराएको र प्रसुती सेवा पनि स्वास्थ्य संस्थामै लिएकी महिलालाई यातायात खर्च तथा गर्भवती उत्प्रेरणा भत्ता बाफत १९ सय प्रति महिलाले पाउने व्यवस्था छ ।
सरकारले स्वास्थ्य संस्थामा प्रसुती महिलाहरु विभिन्न सेवा सुिवधाहरु दिएकाले स्वास्थ्य संस्थामा प्रसुती हुने महिलाको संख्यामा बृद्घि भएको जिल्ला अस्पताल बझाङका प्रमुख डाक्टर बिर बहादुर थापाले बताए । उनले भने स्वास्थ्य संस्थामा गतबर्ष भन्दा यसबर्ष सुरक्षित प्रसुती सेवा लिनेको संख्या दोब्बर छ ।
जिल्लामा प्रायजसो शिक्षित महिलाहरुले मात्र नियमित गर्भ चेक जाँच गर्ने गरेको र प्रसुती सेवा पनि स्वास्थ्य संस्थामा लिने गरेका भएपनि ग्रामिण भेगका गर्भवती महिलाहरु अशिक्षा र चेतनाको कमीका कारण घरमै प्रसुती हुने गरेका छन ।
जिल्ला अस्पताल बझामा कार्यरत स्टाप नर्स बर्षा न्यौपाने भनिन् गा्रमिण भेगका गर्भवती महिलाहरु स्वास्थ्य संस्था धेरै टाढा भएका कारण घरमै प्रसुती हुन बाध्य भएकाले कतिपय महिलाहरुले अकालमै ज्यान गुमाएको छ । जिल्लामा प्रर्याप्त मात्रामा स्रोत साधन र जनशक्ति को कमी हुँदा प्रसुती सेवामा समस्या हुने गरेको नर्स न्यौपानेले थपिन् ।
सडकको पहुँच नभएका जिल्लाका बिकट गाविसका कतिपय गर्भवती महिलाहरुको अस्पताल आउँदै गर्दा बिच बाटोमै ज्यान गएको थियो भने कतिपय गर्भवती महिलाहरु बिच बाटोमा नै प्रसुती भएका छन ।
सरकारले गर्भवती महिलाहरुलाई सोचेभन्दा बढी सेवा सुविधा दिएको रहेछ जिल्ला अस्पताल बझाङमा आइतबार प्रसुती भएकी चन्द्रा सुनारले भनिन् सुविधाका कारण नै प्रायजसो गर्भवती महिलाहरु जिल्ला अस्पताल आउने गरेको उनले बताइन । जिल्ला अस्पताल बझाङमा बिरामीका १८ र सुरक्षित प्रसुती सेवाका लागि ७ गरी २४ बेड रहेका छन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१