बुढानीलकण्ठ मा.वि. मा १० महिने Professional Computer Hardware and Network Technician तालिमको अवसर

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ बैशाख २०८१, सोमबार ०६:०२

काठमाडौं।  बुढानीलकण्ठ नगरपालिका वडा नं ०३ स्थित बुढानीलकण्ठ माध्यमिक विद्यालयले १० महिने Professional Computer Hardware and Network Technician तालिम सञ्चालन गर्न लागेको छ ।

बुढानीलकण्ठ माध्यमिक विद्यालयले “सीप सिकौ रोजगार बनौं’ भन्ने मूल नारा सहित प्राविधिक जनशक्ति उत्पादन गर्ने उद्देश्यसहित CTEVT बाट मान्यता प्राप्त Short Term Courses (छोटो अवधिको तालिम) संचालन गर्दै आइरहेकोमा फेरी एक पटक नगरपालिकासँगको सहकार्यमा दीगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजना दोस्रो (ENSSURE-II) अन्तर्गत १६९६ घण्टा (१० महिना अवधि) को कार्यगत अभ्यास (Training with OJT) सहितको Professional Computer Hardware and Network Technician तालिम पुनः संचालन गर्न लागेको हो ।

विद्यालयले तोके अनुसारको योग्यता पुगेका इच्छुक प्रशिक्षार्थीहरुलाई आवेदन दिई भर्ना हुन विद्यालयले आव्हान गरेको छ ।

आवेदन दिनको लागि आवश्यक न्यूनतम योग्यता :

१. १६ वर्ष पूरा भएको नेपाली नागरिक हुनु पर्ने ।

२. SEE/SLC वा सो सरह उत्तिर्ण भएको हुनु पर्ने ।

३. सम्बन्धित विषयमा पहिले तालिम नलिएको युवा हुनु पर्ने ।

छनौट प्रक्रिया :

१. लिखित परिक्षा (विद्यालय स्तरको English, Maths र Science विषयका MCQ प्रवेश परिक्षा),

२. अन्तरवार्ता ।

३. स्थानीय युवालाई प्राथमिकता दिइनेछ। SKILL EMPLOYABILITY

तालिमको विशेषता :

१. Level 2 (तह २) मान्यता प्राप्त

२. शतप्रतिशत निःशुल्क अध्ययनको अवसर ।

३. हाजिरी भएको दिनको रु. १००।- का दरले यातायात भत्ता पाइने ।

४. OJT सहितको तालिम भएकोले अन्तिम तीन महिना उद्योगमा काम सिक्न पाइने ।

आवेदन दिने अन्तिम मिति २०८१ वैशाख २३ गते कार्यालय समयभित्र ।

आवेदन फाराम पाइने स्थान तालिम संचालन हुने स्थान बुढानीलकण्ठ माध्यमिक विद्यालय, बूढानीलकण्ठ-३, नारायणस्थान बुढानीलकण्ठ माध्यमिक विद्यालय, बूढानीलकण्ठ-३, नारायणस्थान ।

सम्पर्क नं.: ०१-४३७२३००, ९८४९७३७९१७, ९८४३६५२७९४

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, जेष्ठ ४, २०८१