सिंहदरबार प्रवेश गर्न अब अनलाइनबाटै पास लिन सकिने, कसरी लिने ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ बैशाख २०८१, सोमबार ०५:४६

काठमाडौं । सर्वसाधारण नागरिकलाई सिंहदरबार प्रवेशमा थप सहज र प्रविधिमैत्री बनाउनका लागि गृहमन्त्रालय प्रवेश गर्ने व्यक्तिका लागि ई–गेट पास प्रणाली सञ्चालनमा आएको छ । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज र प्रविधिमैत्री बनाउनका लागि मन्त्रालयले ई–गेट पासको व्यवस्था गरेको हो ।

ई–गेट पासका लागि वेबसाइटमा क्युआर कोडसहितको पास अनुरोध गर्नुपर्ने गृह मन्त्रालयका सहसचिव एवम प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । उनका अनुसार मन्त्रालयबाट अनुरोध स्वीकृति भइसकेपछि मात्रै ई–गेट पास जारी हुनेछ र उक्त पास साथमा लिएर सिंहदरबार प्रवेश गर्न सकिने छ ।

ई–गेट पासका लागि वेबसाइट ‘सिंहदरबार पास डट जिओभी डट एनपी’मा गएर आवेदन दिएर प्राप्त गर्न सकिनेछ । परीक्षणकालपछि सिंहदरबारभित्र रहेका सबै मन्त्रालय तथा निकायका लागि ई–गेट पास प्रणाली प्रयोग हुने मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, जेष्ठ ८, २०८१