‘स्तन तथा पाठेघर’ स्वास्थ्य शिविर

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२३ कार्तिक २०७१, आईतवार १२:४०

काठमाडौँ, २३ कात्तिक  । झण्डारेश्वर धार्मिक सेवा समितिले अर्बुदरोगबारे जनचेतना जगाउने उद्देश्यले शनिबार ‘स्तन तथा पाठेघर’ स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

सिफलस्थित भण्डारेश्वर मन्दिर परिसरमा आयोजित शिविरमा ३५० महिला सहभागी थिए । उनीहरूको प्यासमियर (पाठेघरमा १० वर्षपछि हुने क्यान्सर थाहा पाउने) परीक्षण गरिएको थियो ।

कार्यक्रममा नेपाली काँग्रेस काठमाडौँका सभापति एवम् सभासद् भीमसेनदास प्रधानले यस्ताखाले चेतनामूलक कार्यक्रम काठमाडौँका नगर तथा गाउँगाउँमा प्रभावकारी रूपमा लैजान जरुरी भएको बताउनुभयो ।

बिपी स्मृति प्रतिष्ठानका अध्यक्ष जीवन डङ्गोलले महिलामा अर्बुदबारे जागरण फैलाउनुपर्छ भन्नुभयो । सेवा समितिका अध्यक्ष रमेश महर्जनले प्यासमियर परीक्षणलाई सरकारले सबै स्वास्थ्य केन्द्रमा निःशुल्क गराउनुपर्ने सुझाव दिनुभयो । रासस

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१