को हुन् नेपाल आएका अमिर शेख तमिम बिन हमाद अल थानी ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
११ बैशाख २०८१, मंगलवार १६:१७

४३ वर्षीय थानी सन् १९८० मा दोहा दरबारमा जन्मिएका हुन् । उनका तीन रानी छन् । सन् १८२५ मा कतारमा ‘अल थानी’ शाही परिवारका रूपमा स्थापित भएको थियो । त्यसयता तमिम बिन अल थानी ११ औं अमिर हुन् । कतार मध्यपश्चिम एशियाको एक सानो देश हो । यो विश्वका पाँच उच्च प्रतिव्यक्ति आय भएका देशमध्ये एक हो ।

कतारमा राज्य प्रमुखलाई ‘अमिर’ भनिन्छ । ‘अल थानी’ कतारको शाही परिवारको नाम हो । वर्तमान अमिर तमिम बिन हमाद अल थानी अमिर हमद विन खलिफा अल थानी र उनकी दोस्री पत्नी मोजा विन नासिरका सन्तान हुन् । तमिम बिन थानी सन् २०१३ को जूनदेखि कतारको अमिर छन् ।

४३ वर्षीय थानी सन् १९८० मा दोहा दरबारमा जन्मिएका हुन् । उनका तीन रानी छन् । सन् १८२५ मा कतारमा ‘अल थानी’ शाही परिवारका रूपमा स्थापित भएको थियो । त्यसयता तमिम बिन अल थानी ११ औं अमिर हुन् । औपचारिक गणनामा उनलाई आठौँ अमिर भनिन्छ ।

कतार मध्यपश्चिम एशियाको एक सानो देश हो । यसको क्षेत्रफल ११ हजार ५८१ वर्गकिमी मात्रै छ । क्षेत्रफलमा कतार विश्वको १५८औं स्थानमा छ । यसको जनसङ्ख्या भने करिब २८ लाख छ ।

कतार विश्वका पाँच उच्च प्रतिव्यक्ति आय भएका देशमध्ये एक हो । कुनै-कुनै आर्थिक वर्षमा प्रतिव्यक्ति आएमा कतार १ नम्बरमा समेत पुगेको हुन्छ । सन् २०२३ मा चौथो स्थानमा रह्यो । यसको प्रतिव्यक्ति आय अहिले वार्षिक १ लाख १४ हजार २१० डलर छ । कतारमा ३ लाखभन्दा बढी नेपाली कामदार छन् ।

सन् २०२२ मा विश्वकप फुटबल प्रतियोगिता आयोजना गरेर कतार विश्वभर विशेष चर्चामा आएको थियो । विश्वकप फुटबल प्रतियोगिताका लागि रङ्गशाला तथा अन्य पूर्वाधार निर्माणमा नेपाली कामदारको भूमिका र जोखिमपूर्ण श्रम संलग्नतालाई लिएर विश्वका सञ्चारमाध्यमले आलोचनात्मक रिपोर्ट प्रसारण गरेका थिए ।

कतारी जनसङ्ख्या अनुपातमा ४० प्रतिशत अरबी जाति र करिब ६६ प्रतिशत इस्लाम धर्मावलम्बी छन् । कतारमा दक्षिण एशियाली मूलको जनसङ्ख्या उल्लेखनीय करिब ४३ प्रतिशत र त्यसमध्ये करिब १५ प्रतिशत हिन्दू र ३ प्रतिशत बौद्धमार्गी छन् । करिब १४ प्रतिशत इसाई छन् ।

कतार राजतन्त्रात्मक मुलुक हो तर, ४५ सदस्य संसद्‌मा ३० सदस्य प्रत्यक्ष निर्वाचित हुन्छन् । १५ सदस्य अमिरले मनोनीत गर्दछन् । यहाँ दलीय प्रणाली भने छैन । यस्तो संसद्को चुनाव सन् २०२१ मा पहिलोपटक भएको हो ।

कतार एक इस्लामिक देश हो । विश्वका विभिन्न इस्लामिक सङ्गठनहरूसँग कतार सरकारको नजिकको सम्बन्ध छ । इजरायलसँग युद्ध गरिरहेको प्यालेस्टाइनी सङ्गठन हमासलाई कतारको सहयोग भएको विश्वास गरिन्छ ।

तर, मूलधारको विश्वसँग पनि कतारको राम्रो कूटनीतिक सम्बन्ध छ । अमेरिका, चीन, फ्रान्स, टर्की, भारत जस्ता देशसँग पनि कतारले राम्रो सम्बन्ध बनाएको छ ।

तेल अर्थतन्त्रमा प्रवेश गर्नुअघि कतारको अर्थतन्त्र समुद्रमा माछा मार्ने र हिरा-मोती सङ्कलन गर्ने कार्यमा आधारित थियो । सन् १९४० बाट कतार तेल अर्थतन्त्रमा प्रवेश गरेको हो । तेल निर्यातका अतिरिक्त अन्तर्राष्ट्रिय व्यापार र पर्यटन कतारी अर्थतन्त्रका आधार हुन् ।

कतारी अर्थतन्त्रमा कृषि क्षेत्रको योगदान न्यून, उद्योग र सेवागत क्षेत्रको योगदान उच्च छ । कतार संसारकै सबैभन्दा कम कर तिर्नुपर्ने र बेरोजगारी शून्य भएको देश मानिन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१