खटपटपछि प्रचण्ड भेट्न सिंहदरबार छिरे ओली

mukunda500.dhungana@gmail.com' rastriyakhabar
११ बैशाख २०८१, मंगलवार १६:०८

काठमाडौं । नेकपा एमालेका अध्यष केपी शर्मा ओली सिंहदरबार पुगेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गर्नका लागि ओली भर्खरै सिंहदरबार छिरेका हुन् ।

उनीहरूबीच पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमदेखि सत्तागठबन्धन घटक दलका नेताको असन्तुष्टिको विषयमा छलफल केन्द्रित भएको बताइएको छ ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफूहरूले सहज महसुस नगरेको भन्दै गठबन्धन टिक्नेमै आशंका व्यक्त गरिरहेका छन् ।

सत्ता गठबन्धनमा खटपट देखिएको विषयलाई बल दिने गरि एमालेले आयोजना गरेको हीरक महोत्सवमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल उपस्थित नभएपछि ओली र प्रचण्ड छलफलमा जुटेका हुन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१