बूढानीलकण्ठ नगरपालिकाको अनुगमन तिब्र,१२ स्कुल शिल १८ वटा स्कुल कारबाहीमा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० बैशाख २०८१, सोमबार ०७:३०

काठमाडौं । बूढानीलकण्ठ नगरपालिकाले संस्थागत विद्यालयहरुमा अनुगमनलाई तिब्र बनाएको छ। नयाँ शैक्षिक सत्र सुरु हुँदै गर्दा बूढानीलकण्ठ नगरपालिका शिक्षा तथा खेलकुद महाशाखाले ९ बुंदे निर्देशन जारि गर्दै आक्रामक अनुगमन गरेको हो।

बूढानीलकण्ठ नगरपालिकाका ३४ वटा स्कुलको अनुगमन भैसकेको र १८ वटा स्कुल कारबाहीमा परेको बूढानीलकण्ठ नगरपालिका शिक्षा तथा खेलकुद महाशाखा प्रमुख ललित बिक्रम सिंहले जानकारी दिएका छन्। केहि विद्यालयले नगरपालिकाको निर्देशन उल्लघंन गरेकोले कारबाही गर्नुपरेको उनको भनाइ छ।

अनुगमनको क्रममा बिधालय परिसरबाट स्टेशनरी सामग्रीहरु ,बिधालय पोशाक लगायत बिक्रि वितरण गरेको पाइएको थियो । थोरै मात्रामा शैक्षिक सामग्रीहरु भेटीए जफत गर्ने र धेरै भेटिएको अबस्थामा ताला लगाउने गरिएको छ।

हाल सम्म ३४ वटा स्कुलको अनुगमन गर्दा १२ वटा स्कुलको सामग्री बितरण कक्षामा शिल गरिएको छ। स्कुल मात्र होइन २ वटा स्टेशनरी पसल समेत कारबाहीमा परेका छन्। उनीहरुले बिधालयको नाम तथा लोगो भएको स्टेशनरी सामग्री बेचेको बताइको छ। हालसम्म लोयल्टी, भ्याली पब्लिक, दिक्षालय, रिलाइन्स कोएड ,साम्तेन, शारदा, बिभुति लगायतका स्कुलहरुका सामग्रीहरुमा शिल गर्ने तथा जफत गर्ने काम भएको छ। कारबाहीको प्रक्रिया अगाडी बढे संगै शैक्षिक सत्रको शुरुवातमा निजि बिधालयहरुलाई झट्का लागेको छ। धेरै विद्यालयहरुले बर्षौं देखि नै संचालन गर्दै आएका गतिविधि नियन्त्रण गर्न थालिएपछि आपत्ति व्यक्त गर्दै आएका छन्।

नगरपालिकाले जारि गरेको निर्देशन एस्तो छ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २१, २०८१