६२० किमी रेन्ज दिने नेपालको एक मात्र प्रीमियम ईभी यसयुभि सार्वजनिक

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ बैशाख २०८१, शनिबार ०६:१८

काठमाडाैं – विगत ७ बर्ष देखी नेपालमा बिभिन्न ब्राण्डका सवारी साधन बिक्री गर्दै आएको जी मोटर्स प्रा. लि. ले आधिकारिक बितरकको रुपमा चाईनाको बिश्व प्रख्यात ब्रान्ड स्काईवेल प्रीमियम लक्जरी ईभी यसयुभि नेपालमा सार्वजनिक गरेको छ ।

६२० किमी रेन्ज दिने, ५ स्टार सेफ्टी रेटिङ्ग प्राप्त रियल इभी यसयुभि आज एक भब्य समारोह माझ जी मोटर्स प्रा. लि. को राधेराधे भक्तपुरमा स्थित स्काईवेल शोरुमको समुदघाटन साथै ९ थान गाडी ग्राहक माझ डेलिभरी गरेको छ ।

उक्त समारोह बिच नेपाल स्थित चिनिया दुतवासका ईकोनोमिक एन्ड कमर्शियल कन्सुलर सि यु, स्काईवेल न्यु ईनर्जी भेहिकलका चिनिया प्रतीनिधी थोमस जु र जी मोटर्स प्रा. ली. अध्यक्ष दुर्गा प्रसाद गेलालले संयुक्त रुपमा शोरुमको समुदघाटन गरी गाडिको सार्वजनिक गरिएको थियो ।

नाडाबाट औपचारिक बुकिङ्ग एबम ब्रान्डको बिक्री शुरुवात गरेको जि मोटर्सले छोटो समयमा स्काईवेलको प्रेमियम एबम नेपाल मै सबैभन्दा धेरै रेन्ज दिने ६२० किमीको दुरी एक सिङ्गल चार्जमा तय गर्ने र ८६ किलोवाट आवरको ब्याट्री प्याकले ग्राह्कलाई सोचे भन्दा आरामदायी यात्रा तय गराउने छ । गाडी सार्वजनिक गर्दै आम ग्राहकको उत्साहजनक सहभागितालाई मध्यनजर गर्दै १ बर्षको निःशुल्क बिमा, सडक कर, एक्सचेन्ज सुबिधामा आकर्षक बोनस र बिशेष छुट सुविधा बैशाख महिना भरी रहेको कम्पनी प्रबन्ध निर्देशक कैलाश बाबु गेलालले जानकारी गराए ।

विद्युतीय सवारी प्रति उपभोक्ताको बढ्दो चाहनालाई सम्बोधन गर्न कम्पनीले प्रिमियम ब्रान्डको विद्युतीय एसयूभी ल्याएको हो । स्काइवेलका विद्युतीय सवारी जर्मनि, इजरायल, टर्की र रसिया लगायत ५८ भन्दा बढी देशमा बिक्री हुँदै आएको छ ।

स्काईवेल इटि५ का प्रीमियम र बिशेष बिशेषताहरुः

८६ किलोवाट आवरको ब्याट्री प्याक (लिथियम टर्नोटरी)
१५० किलोवाट मोटर क्यापासिटी
CNACP- 5 Star Safety
६२० किमी रेन्ज फर्स्ट टाईम इन नेपाल
अटो पार्किङ्ग
मेट्रीक्स लेजर हेडलाईट
मोसन सेन्सर बेस्ड रियर टेलगेट ओपनर
फुल साईज प्यानारोमिक सनरुफ र मुनरुफ
लक्जरी 2 level foldable rear seats


उच्च प्रविधियुक्त र नेपालमा उपलब्ध ईभी सवारी मध्य सर्वाधिक रेन्ज दिने स्काइवेलको विद्युतीय एसयूभी ईटीछ भित्र्याएको हो । स्काइवेल ईटी छ ले एक पटकको फुल चार्जमा ६ सय २० किलोमिटर रेन्ज दिन्छ ।
स्काइवेल ईटीछ मा ८५.९ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ । त्यस्तै यो एसयूभीमा १ सय ५० किलोवाट क्षमताको विद्युतीय मोटर उपलब्ध छ ।
स्काइवेल ईटीछ विशेष गरि इन्टेलिजेन्ट स्टाइलिङ, इन्टेलिजेन्ट इन्जोइमेन्ट, इन्टेलिजेन्ट कनेक्टिभिटी, इन्टेलिजेन्ट ड्राइभिङ, इन्टेलिजेन्ट सेक्युरिटी, इन्टेलिजेन्ट इलेक्ट्रोनिक र इन्टेलिजेन्ट जोयमा आधारित रहेर प्योर ईभी प्ल्याटफर्ममा बनेको हो । यी विशेषताले यो विद्युतीय एसयूभीलाई प्रिमियम क्याटागोरी प्रदान गरेको छ । यस्को टपस्पिड १६० प्रतीघन्टा भन्दा बढी रहेको छ, जस्ले उपभोक्तालाई उच्च गतीको सवारी ड्राईभिङ्ग अनुभुती दिलाउने छ ।
स्वाइवेल ईटी छ मा प्यानारोमिक सनरूफसहित स्क्सक्लुसिभ पेटेन्डेड स्लिप सिट र मेट्रिक्स लेजर हेडलाइटले उपभोक्तालाई लक्जरी प्रदान गर्छ ।

स्काईवेल ईटि५ को नेपाली बजार मुल्य रु. १ करोड ९ लाख रहेको कम्पनीले जनएको छ ।

जी मोटर्स बारे
२०७४ मा स्थापना भएको जी मोटर्सले यस अघि नेपाली बजारमा विभिन्न ब्रान्ड सवारी स्थानीय डिलरका रूपमा बिक्री गर्दै आएको छ । जी मोटर्सले काठमाडौं र इटहरीमा ८ वटाभन्दा बढी शोरूमबाट २ हजार उपभोक्तालाई सेवा उपलब्ध गराइसकेको छ ।

पछिल्लो समय विद्युतीय सवारी प्रति बढ्दो उपभोक्ता चाहनालाई सम्बोधन गर्न जी मोटर्सले जी ईभीमार्फत स्वाइवेल ब्रान्ड आधिकारिक रूपमा ल्याएको हो। विद्युतीय एसयूभीमा पनि प्रिमियम सेमगेन्टका उपभोक्तालाई उपयुक्त मूल्यमा सवारी उपलब्ध गराउने उद्देश्यले जी ईभीले नयाँ ब्रान्ड भित्र्याएको हो।

जी मोटर्सका प्रबन्ध निर्देशक कैलाशबाबु गेलाल विगत १६ वर्षदेखि आटोमोबाइल क्षेत्रमा आवद्ध छन्। लामो समयको सवारी बिक्री अनुभवमार्फत स्वाइवेल ब्रान्ड सहित नेपाली उपभोक्ता र यहाँको भूगोल सुहाउँदो प्योर ईभी प्ल्याटफर्मका विद्युतीय सवारी बिक्रीमा होमिएका छन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २१, २०८१