प्रथम बुढानीलकण्ठ नगर शिल्ड खेलकुद महोत्सव हुने सन्तोषी श्रेष्ठलाई ब्राण्ड एम्बास्डर (Brand Ambassador)

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ बैशाख २०८१, शनिबार ०५:५५

काठमाण्डौ । बुढानिलकण्ठ नगरपालिकामा बैशाख १९ गते देखि २२ गते सम्म बुढानिलकण्ठ नगर शिल्ड प्रतियोगिता हुने भएको छ। बुढानीलकण्ठ खेलकुद विकास बोर्डद्वारा “स्वच्छ खेलकुद हाम्रो संकल्प, स्वास्थ रहने राम्रो विकल्प नारा सहित प्रथम बुढानीलकण्ठ नगर शिल्ड खेलकुद महोत्सव २०८१ औपचारिक रुपमा  वैशाख १९ देखि २२ गतेसम्म संचालन हुँदैछ । बुढानिलकण्ठ नगरपालिका खेलकुद विकास बोर्डको आयोजनामा हुने सो प्रतियोगितामा विभिन्न खेलहरु समावेस गरिएका छन।

नगरपालिकामा आयोजना गरिएको पत्रकार सम्मेलनमा १९ गते देखि २२ गते सम्म बुढानिलकण्ठ स्कुलमा हुने सो प्रतियोगितामा ८ वटा खेलहरुमा नगरका १३ वडाका खेलाडीहरुले भाग लिने बोर्डका अध्यक्ष सुमन तामाङले जानकारी दिएका छन।

प्रतिस्पर्धामा कराते, तेक्वान्दो, मोई थाई, कुङ्ग-फु. बास्केटबल, फुटवल, व्याटमिन्टन र म्याराथन जस्ता केलहरु समावेश भएका छन् ।  यस महोत्सवका लागी अन्तराष्ट्रिय प्रतियोगितामा स्वर्ण जित्ने पहिलो नेपाली महिला एथलेटिक्स खेलाडी सन्तोषी श्रेष्ठलाई ब्राण्ड एम्बास्डर (Brand Ambassador) रुपमा घोषणा गरिएको छ ।

सन्तोषी श्रेष्ठ एथलेटिक्स अन्तर्गतको दौड प्रतिस्पर्धाको नेपाली महिला खेलाडी हुन्। उनी मुख्य गरेर लामो दुरीका दौड प्रतियोगिताहरूमा सहभागी जनाउने खेलाडी हुन्। सन्तोषी श्रेष्ठले १३ औँ दक्षिण एसियाली खेलकुदमा महिलाको १०००० मिटर दौडमा एथलेटिक्समा स्वर्ण पदक जितेर नेपाली एथलेटिक्सको इतिहासमा नयाँ रेकर्ड दर्ता गरेकी छिन्।

बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारी, प्रमुख प्रशासकीय अधिकृत तुलसीराम अर्याल, शिक्षा, युवा तथा खेलकुद महाशाखाका प्रमुख ललित विक्रम सिंह सहित प्रशिक्षक र खेलाडीहरुको उपस्थितिमा भएको पत्रकार सम्मेलनमा प्रवक्ता नवराज भट्टराईले स्वागत मन्तव्य राखेका थिए।

प्रतियोगिताको मस्कट,लोगो र प्रचार सामाग्रीहरु सार्वजनिक गरिएको सो पत्रकार सम्मेलनमा महोत्सवको तयारीको लागी मुल आयोजक समिति गठन गरिएको छ । जसमा खेलकुद संयोजक सुमन तामाङ  हुनुहुन्छ भने सदस्यमा वडा नं ०३ सदस्य विकास तामाङ, सुमन लामा, विराज राणा, दिपक दुलाल, सञ्जय श्रेष्ठ, गणेश तामाङ, सुरज श्रेष्ठ, राजु राई, अजय बस्नेत, ईश्वर मनि राई, महेश श्रेष्ठ लगायत पुष्प राउत हुनुहुन्छ ।

बुढानिलकण्ठ नगरपालिका वडा नं १ का अध्यक्ष सुरेन्द्र लामा, वडा नं २ का अध्यक्ष राजेन्द्र श्रेष्ठ,वडा नं ५ का अध्यक्ष कृष्ण शाह ठकुरी, वडा नं ६ का अध्यक्ष रवी खड्का, वडा नं ११ का अध्यक्ष राजु अधिकारी र वडा नं १२ का अध्यक्ष शम्भु प्रसाद भट्टराईको उपस्थितिमा भएको सो सम्मेलनमा पत्रकारहरुको जिज्ञासाहरुको जवाफ नगर प्रमुख अधिकारी र बोर्डका अध्यक्ष तामाङले दिएका थिए।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २१, २०८१