एक्सनमा मन्त्री अर्यालः पूर्वमन्त्री भण्डारीले गरेका विवादास्पद निर्णयहरु खारेज

mukunda500.dhungana@gmail.com' rastriyakhabar
७ बैशाख २०८१, शुक्रबार ०५:३४

काठमाडौं । तत्कालीन श्रममन्त्री सरतसिंह भण्डारीले बनाएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम सञ्चालन कार्यविधि– २०७६ को पहिलो शंसोधन खारेज भएको छ । आज (बिहीबार) श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले मन्त्रालयस्तरीय निर्णयबाट उक्त कार्यविधिको पहिलो संशोधन खारेज गरेका हुन् ।

गत २०८० असोज ७ गते बनाए तत्कालीन मन्त्री भण्डारीले उक्त कार्यविधि बनाएका थिए । आन्तरिक रोजगारी प्रवर्द्धन, वैदेशिक रोजगारी व्यवस्थापन र सामाजिक सुरक्षा लगायतका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्देशन दिएका थिए । उक्त नि

कार्यविधिको पहिलो संशोधन खारेजीसँगै पूर्वप्रस्थान अभिमुखीकरण तालिमको शुल्क सात सय नै कायम भएको छ । कार्यविधिको संशोधन खारेज भएसँगै कार्यविधिलाई व्यवहारिक र समयसापेक्ष बनाउने गरी सुझाव दिन समिति बनाइने भएको छ ।

त्यसैगरी, वैदेशिक रोजगारीमा जाने श्रमिकहरुको लागि अंग्रेजी भाषा अनिवार्य गर्ने निर्णयसमेत खारेज भएको छ । वैदेशिक रोजगार सम्बन्धी मागपत्र जाँचबुझ र स्वीकृत गर्ने (पहिलो शंसोधन) कार्यविधि २०८० पनि खारेज गरिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१