काठमाडौं- चर्चित पपस्टार रिहानाले बेला बेलामा बिभिन्न म्यागजिनका कभरका लागी गरेका फोटोसुटहरूको निकै चर्चा हुने गरेको छ ।पछिल्लो पटक रिहानाले स्क्वायर म्यागजिनका लागि गराएको एकदमै हट फोटोसूटले भने उनको चर्चा निकै चुलिएको छ । अहिले उनले स्क्वायर म्यागजिनका लागि गराएको हट फोटोसूटले धेरै मानिसहरूको ध्यन आकृष्ट गरेको छ । यस फोटोसुटमा रिहाना ‘वेट एण्ड वाइल्ड’ लुकमा प्रश्तुत भएकी छन । जसमा उनी टपलेस देखिएकी छन । यसमा उनले निकै लो–वेस्ट जिन्स समेत लगाएकी छन् । त्यस्तै अर्को तस्वीरमा भने रिहानाले हाई–वेस्ट अण्डरवियरमा देखिएकी छन । उक्त म्यागेजिनका लागी फोटोग्राफर तथा निर्देशक एलेन वान अनवर्थले उनको फोटो खिचेका थिए । स्क्वायर म्यागजिनको आगामी डिसेम्बर संस्करणका लागी यो तस्वीर खिचिएको हो । अहिले सामाजिक सञ्जालहरूमा उनको तश्विरको निकै चर्चा भैरहेको छ ।
प्रतिक्रिया