गृहमन्त्री लामिछानेको राजीनामा माग्दै नेविसंघले जलायो पुत्ला

mukunda500.dhungana@gmail.com' rastriyakhabar
६ बैशाख २०८१, बिहीबार ०५:३१

काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको राजीनामा माग्दै पुत्ला दहन गरेको छ । नेविसंघका नेता तथा कार्यकर्ताहरुले आज (बुधबार) साँझ आर आर क्याम्पसअगाडि गृहमन्त्री लामिछानेको पुत्ला दहन गरेका हुन् ।

उनीहरुले प्रदर्शन गरेको प्लेकार्डमा सहकारी ठग र छोटे माओवादीको संज्ञा दिईएको थियो । कांग्रेसले सहकारी ठगी प्रकरणमा मुछिएको भन्दै गृहमन्त्री लामिछानेको राजीनामा माग्ने रणनीति बनाएको बेलामा नेविसंघ सडकमा उत्रिएको हो । कांग्रेसले सदनमा सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको माग गरेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १९, २०८१