बुढानिलकण्ठका विद्यालयहरुको अनुगमनमा तीव्रता, नियम विपरित शैक्षिक सामाग्री बेच्ने विद्यालयहरु शिल

mukunda500.dhungana@gmail.com' rastriyakhabar
५ बैशाख २०८१, बुधबार ०६:२२

काठमाण्डौ। बुढानिलकण्ठ नगरपालिकाले नियम विपरित विभिन्न शैक्षिक तथा अन्य सामाग्री बेच्ने विद्यालयहरुको अनुगमनलाई तीव्रता दिएको छ। विद्यालयहरुले पोशाक,कपी सहित अन्य विभिन्न सामाग्री नगरपालिकाको निर्देशन विपरित बेचिरहेको अभिभावकहरुको गुनासो बढे संगै आकस्मिक अनुगमनलाई तीव्रता दिइएको हो।

विद्यालयहरुले विभिन्न सामाग्री बेचेको भन्दै नगर प्रमुख मिठाराम अधिकारी संग अभिभावकहरुको गुनासो लिएर नगरपालिका कार्यालयमा पुगेपछि तत्काल अनुगमन र कारवाहीको निर्देशन दिइएको थियो।

नगर प्रमुखको निर्देशन संगै अनुगमनमा सक्रिय बनेको शिक्षा शाखाको टोलीले वडा नम ९ र १ ० का विभिन्न विद्यालयहरुको अनुगमन गरेर शैक्षिक तथा अन्य सामाग्री जफत र शिल समेत गरेको थियो।

शैक्षिक सत्रको सुरुवातमा भएको आकस्मिक अनुगमनले विद्यालयहरुमा भने निकै दवाव र अशर परेको एक विद्यालय संचालकले बताएका छन्।

अहिले विद्यालयहरुमा भर्नाको समय चलिरहेको समयमा भएको अनुगमन र कडाइका वारेमा सम्बन्धित संघ संगठनले भने हाल सम्म कुनै औपचारिक प्रतिक्रिया भने दिएका छैनन्।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख १८, २०८१