सुप्रिम सहकारीबाट दुई करोड लिएका लामिछानेलाई बनाइएन प्रतिवादी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ बैशाख २०८१, मंगलवार ०६:२७

काठमाडौं । सुप्रिम सहकारी ठगी प्रकरणमा २८ जना आरोपीविरुद्ध मुद्दा दायर भएको छ । जिल्ला अदालत रुपन्देहीमा  उनीहरुविरुद्ध सहकारी ठगी आरोपमा मुद्दा दायर गरिएको हो ।

अभियोग पत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नाममा दुई करोड रकम निकासा भएको उल्लेख छ । तर, लामिछानेलाई भने प्रतिवादी बनाइएको छैन ।

‘रवि लामिछानेको नाममा ऋण खडा गरी मिति २०७७ चैत १८ गते श्री गोर्खा मिडिया नेटवर्क प्रालिको ग्लोबल आईएमई बैंक लिमिटेडको खातामा सेवा शुल्कबापत चार लाख रुपैयाँ कट्टी गरी संस्थाले १ करोड ९६ लाख रुपैयाँ जम्मा गरेको देखिन्छ,’– आरोप पत्रमा भनिएको छ ।

एक हजार आठ सय २८ जनाको बचत रकम अपचलन गरेको आरोप २८ प्रतिवादीमाथि लगाइएको छ । उक्त प्रकरणमा लामिछानेको नाम जोडिदा प्रहरीले सोधपुछसमेत नगरेको पाइएको छ ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१