शिक्षासम्बन्धी जाँचबुझ आयोगले कारबाही सिफारिस गरेकामाथि आख्तियारबाट पनि छानविन हुने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ बैशाख २०८१, मंगलवार ०६:१२

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगले कारबाहीका लागि सिफारिस गरेका व्यक्तिमाथि छानविन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्राचार गर्ने भएको छ । कारबाहीका लागि सिफारिस भएका उनीहरुमाथि छानबिन गर्नका लागि अख्तियारमा सिफारिस गर्नेबारे आज (सोमबार) मन्त्रीस्तरीय निर्णय भएको हो ।

पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वमा गठन भएको उक्त आयोगले त्रिभुवन विश्वविद्यालयका पूर्व उपकूलपति तीर्थ खनियाँसहित ४३ जनामाथि कारबाहीको सिफारिस गरेको थियो ।

जाँचबुझ आयोगले कारबाहीका लागि सिफारिस गरेकाहरुमाथि छानविन प्रक्रिया अगाडि बढाउन आजै अख्तियारलाई पत्राचार गर्ने तयारी रहेको मन्त्रालय स्रोतले बताएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, मंसिर ६, २०८१