बुढानीलकण्ठ नगरपालिकामा सार्वजनिक जग्गा संरक्षण समिति गठन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३ बैशाख २०८१, सोमबार ०६:३५

काठमाडौं ।  बुढानीलकण्ठ नगरपालिकामा रहेका सार्वजनिक जग्गाहरुको अभिलेखीकरण,पहिचान र संरक्षणका लागि समिती गठन गरिएको छ। चैत ३० गते बसेको नगर कार्यपालिकाको बैठकले सो समिती गठन गरेको हो ।

निकै महत्वपूर्ण मानिएको सो समितीको संयोजकमा बुढानीलकण्ठ नगरपालिका वडा नं १० का लक्ष्मी संग्रौला चयन भएका छन भने नगरका विभिन्न वडाहरुबाट सदस्य मनोनित भएका छन।

उक्त समितीको सदस्यहरुमा सुरेन्द्र लामा,निशा बराल,मंगलदास महर्जन,गोविन्द कटवाल ,छन्द प्रसाद आचार्य,तारा मिझार ,मैना पराजुली,धनराज कोइराला र बिकाश खत्री रहका छन।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २१, २०८१