बिस्का नखः जात्राको अवसरमा टोखामा सार्वजनिक बिदा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३ बैशाख २०८१, सोमबार ०६:१८

काठमाडौं । काठमाडौंको टोखा नगरपालिकाले बिस्का जात्राका अवसरमा वैशाख ४ गते सार्वजनिक बिदा दिएको छ ।

टोखाको गत चैत २९ गते बसेको नगर कार्यपालिकाको बैठकले वैशाख १ देखि ५ गतेसम्म मनाइने बिस्का जात्राका अवसरमा वैशाख ३ गते टोखा नगरपालिकाको वडा नं २ र ३ साथै वैशाख ४ गते नगरपालिकाभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसीले वैशाख ३ गते दुईवटा वडा र वैशाख ४ गते टोखा नगरपालिकाका सबै वडा कार्यालय, स्वास्थ्य संस्था तथा शैक्षिक संस्था बन्द हुने जानकारी दिए।

टोखामा वैशाख २ गते आज बिहान तीनवटै रथ गाउँ परिक्रमा गरेर मसानकालीको रथ भूतखेलको पाटीमा बिसाएर बली पूजा लिई कोठु गणेश र मसानकाली दुवै रथ एकैसाथ ल्याएर बिहान ११ बजे थलागः टोलमा लस्करै बिसाइएको थियो ।

आज दिउँसो ३ बजे गणेश कुमारीको आगमन गराई तलेजुबाट सरकारी पुजा ल्याई सिन्दूरजात्रा गरी रथ उठाएको छ भने आज साँझ गाउँ परिक्रमा गरी बेलुका ७ बजे सबै रथ तपलाक्षीःमा बिसाइएको नेवा गुथीः टोखाका अध्यक्ष रमेश नापितले जानकारी दिए।

आज रातभर भक्तजन रथको अगाडि भजनकीर्तन गरी जाग्राम बस्ने अध्यक्ष नापितले बताउनुभयो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २१, २०८१