सांसद इन्दिरा गिरीलाई पदमुक्त गर्ने निर्णय कार्यान्वयनमा सर्वोच्च अदालतको रोक

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३ बैशाख २०८१, सोमबार ०५:४०

काठमाडौं । सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टी (नाउपा) की सुदूरपश्चिम प्रदेश सांसद इन्दिरा गिरीलाई पदमुक्त गर्ने निर्णय कार्यान्वयनमा रोक लगाएको छ । नाउपाभित्रको विवादको कारण अध्यक्ष रञ्जिता श्रेष्ठले गिरीलाई पदमुक्त गरेकी थिईन् ।

सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले गिरीलाई प्रदेश सभा सदस्यको हैसियतमा काम कारबाही गर्न रोक नलगाउन अन्तरिम आदेश दिएको छ । अदालतको यो आदेशसँग नाउपाकी अध्यक्ष श्रेष्ठलाई झट्का लागेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २७, २०८१