इजरायलमा रहेका नेपालीलाई अत्यावश्यक अवस्थामा बाहेक घरबाट ननिस्कन दूतावासको आग्रह

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ बैशाख २०८१, आईतवार १४:०२

इसराइलस्थित नेपाली दूतावासले नेपालीहरूलाई अत्यावश्यक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन अनुरोध गरेको छ। आइतबार बिहानैदेखि इरानले इजरायलको राजधानी तेल अविवलगायत क्षेत्रमा ड्रोन आक्रमण गरेपछि नेपाली दूतावासले सार्वजनिक सूचना जारी गरी आफ्नो सुरक्षाको ध्यान दिन आग्रह गरेको हो ।

सूचनामा कुनै समस्या परेको खण्डमा दूतावासका द्वितीय सचिव कुमारबहादुर श्रेष्ठलाई ०५२८२८९३०० र सहचारी सञ्जयकुमार साहलाई ०५४५५८२०७७ मा सम्पर्क गर्न पनि दूतावासले आग्रह गरेको छ ।

इरानले इजरायलमा गएराती देखि आक्रमण सुरु गरेपछि सोमवार राती ११ बजे सम्म लागु हुने गरी शैक्षिक क्रियाकलाप बन्द गरिएको छ भने ठूलो स्तरको सभा- भेला नगर्न निर्देशन जारी गरेको छ ।

 

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख २५, २०८१