संसद अधिवेशन अन्त्य भएपछि देउवाले बोलाए संसदीय दलको बैठक

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ बैशाख २०८१, आईतवार ०६:०५

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक आह्वान भएको छ । आइतबार बिहान साढे ७ बजे संसदीय दल कार्यसमितिको बैठक बोलाएको कांग्रेसले ८ बजे संसदीय दलको बैठक बोलाएको एक सूचना मार्फत जानकारी दिएको छ । कांग्रेसको संसदीय दलमा प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यहरु रहनेछन् ।

सरकारले संसदको हिउँदे अधिवेशन अन्त्य गरेपछिको अवस्थाबारे छलफल गर्न देउवाले संसदीय दलको बैठक बोलाएका हुन् । कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकरणमा संसदीय छानबिन हुनुपर्ने माग राखी संसद अवरोध गरिरहेका बेला सरकारले अधिवेशन नै अन्त्य गरिदिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१