नाउपाका सांसद चौधरी पार्टीबाट निलम्बित

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३० चैत्र २०८०, शुक्रबार १४:०५

नागरिक उन्मुक्ति पार्टी (नाउपा) का सुदूरपश्चिम प्रदेश सभा सदस्य घनश्याम चौधरीलाई पार्टीले निलम्बन गरेको छ । चौधरीलाई पार्टी अध्यक्ष रन्जिता श्रेष्ठले निलम्बित गरेकी छन् ।

अध्यक्ष श्रेष्ठले शुक्रबार प्रदेश सभामुख भीमबहादुर भण्डारीलाई पत्र पठाउँदै चौधरीलाई पार्टीबाट ३ महिना निलम्बन गरिएको जानकारी गराएकी हुन् ।
पार्टीको चैत १४, १५ र २५ गतेको बैठकमा उपस्थित नभएको भन्दै संस्थापक अध्यक्ष श्रेष्ठले चौधरीलाई शुक्रबार निलम्बन गरेकी हुन्।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१