बुढानीलकण्ठ नगर अस्पताल के.पि. शर्मा ओलि द्वारा समुद्घाटन हुने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३० चैत्र २०८०, शुक्रबार ०६:०१

काठमाडौं। बुढानीलकण्ठ नगरपालिकाको नगर अस्पतालको उद्घाटन हुने भएको छ । सम्माननीय पूर्व प्रधानमन्त्री के.पि शर्मा ओलीज्यूको प्रमुख आतिथ्यतामा नगर अस्पतालको उद्घाटन हुने भएको हो ।

नव वर्ष २०८१ बैशाख १ गतेको अवसर पारी ‘बुढानीलकण्ठ नगर अस्पताल’ को समुद्घाटन तथा ‘नयाँवर्ष २०८१ को शुभकामना आदानप्रदान’ कार्यक्रम हुने भएको हुँदा सम्पुर्ण नगरवासीहरुलाई नगरपालिकाले निमन्त्रणा गरेको छ ।

नगर अस्पतालबाट हालका लागि ओ.पि.डि. सेवा सुरु हुनेछ भने करिव १५ शैयासम्मको सेवा तयारीकै क्रममा रहेको र सुरुवात चाँढैनै गरिने जानकारी प्राप्त भएको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१