इमेलबाट ह्वाट्सएप यसरी लगइन गर्नुहोस्

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२८ चैत्र २०८०, बुधबार ०६:४१

काठमाडौं। व्हाट्सएपले अब एक नयाँ सुविधा प्रदान गर्दछ । अब ह्वाट्सएपले ह्वाट्सएप अकाउन्टमा इमेल ठेगाना पनि जोड्ने सुविधा प्रदान गरेको छ । यो फिचरले प्रयोगकर्ताले एसएमएसबाट ओटिपी भेरिफिकेसन कोड प्राप्त गर्न असमर्थ हुने अवस्थामा इमेलबाटै त्यस्तो कोड प्राप्त गर्न सहजता प्रदान गर्दछ । यो सुविधा आइफोन प्रयोगकर्तालाई उपलब्ध भैसकेको छ भने एन्ड्रोइडमा पछिल्लो बेटा भर्सनमा उपलब्ध छ ।
यसको लागि गुगल प्ले स्टोरमा गएर ह्वाट्सएप बेटामा जोडिनु पर्ने छ ।

ह्वाट्सएप अकाउन्टसँग आफ्नो इमेल यसरी जोड्नुहोस् ?

सबै भन्दा पहिला आफ्नो डिभाइसमा ह्वाट्सएप एप्लिकेसन खाेलि दायाँ भागको माथिपट्टि छेउमा रहेको तीन वटा थोप्लावाला मेन्यूमा ट्याप गरेर सेटिङमा जाने । त्यसपछि अकाउण्टस् अप्सन छानि इमेल एड्रेस अप्सन छान्ने र त्यहाँ ह्वाट्सएपसँग जोड्न चाहेको आफ्नो इमेल एड्रेस हाल्ने त्यसाे गरेपछि साेहि इमेलमा ओटिपी आउछ । उक्छ ओटिपीलाई सुरक्षित राख्ने वा अरूलाई सेयर नगरी ह्वाट्सएपमा दिइएको सम्बन्धित ठाउँमा हालेर भेरिफाइ गरेपछि इमेल ठेगाना ह्वाट्सएप अकाउन्टसँग जोडिनेछ ।

साभार : अन्तर्राष्ट्रिय मिडियाको सहयोगमा

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २१, २०८१