कर्णालीको मुख्यमन्त्रीमा यामलाल कँडेल नियुक्त

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२८ चैत्र २०८०, बुधबार ०६:२६

काठमाडौं । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) प्रदेश संसदीय दलका नेता यामलाल कँडेल नियुक्त भएका छन् । कँडेलले प्रदेश प्रमुख तिकल परियारसमक्ष कँडेलले एमाले र माओवादीको समर्थनमा मुख्यमन्त्रीमा दावी पेश गरेका थिए । दाबी पेश गरेलगत्तै प्रदेश प्रमुख परियारले कँडेललाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

तत्कालीन मुख्यमन्त्री राजकुमार शर्माले राजीनामा दिएपछि प्रदेश प्रमुख परियारले संविधानको धारा १६८ (२) बमोजिम सरकार गठनका लागि दलहरुलाई आह्वान गरेका थियो । प्रदेश प्रमुखले दिएको समय सीमाभित्र कँडेलले बहुमत पुर्याएर मुख्यमन्त्रीको दाबी पेश गरेका थिए ।

४० सदस्यीय कर्णाली प्रदेश सभामा माओवादीका १३ र एमालेका ११ (सभामुखसहित) सांसद रहेका छन् बहुमतका लागि २१ जनाको समर्थन आवश्यक पर्छ । नवनियुक्त मुख्यमन्त्री कँडेललाई एमाले र माओवादीका सांसदहरुको समर्थन रहेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१