मुख्यमन्त्री महराले ०८० सालमै विश्वासको मत लिने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२८ चैत्र २०८०, बुधबार ०६:२३

काठमाडौं । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले आगामी चैत ३० गते शुक्रबारको दिन विश्वासको मत लिने भएका छन् । महराले विश्वासको मत लिने प्रयोजनार्थ लुम्बिनी प्रदेश सभाको बैठक बोलाउने तयारी भएको छ । सो दिन दिउँसो १ बजे प्रदेश सभा बैठक आह्वान गरिने तयारी रहेको बताइएको छ ।

महरा गत चैत २३ गते संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त भएका थिए । यसरी उपधारा २ बमोजिम नियुक्त भएको मुख्यमन्त्रीले उपधारा ४ को व्यवस्था बमोजिम ३० दिनभित्र विश्वासको मत लिनुपर्ने छ । महराले भने चाँडै नै विश्वासको मत लिन लागेका हुन् । विश्वासको मत लिएरमात्रै प्रदेश सरकारलाई पूर्णता दिने महराको तयारी छ ।

महराले विश्वासको मत पाउनका लागि ४४ सांसदको मसर्थन आवश्यक पर्छ । उनी मुख्यमन्त्रीमा नियुक्त हुँदा ४८ सांसद्ले समर्थन गरेका थिए । मुख्यमन्त्री महरालाई अहिले सत्तारुढ दलहरु एमालेसँग २९, माओवादीसँग १०, नागरिक उन्मुक्ति पार्टीसँग ४, जसपासँग ३, नेकपा (एकीकृत समाजवादी) सँग १ र अर्का १ स्वतन्त्र सांसदको समर्थन छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, अशोज ४, २०८१