बुढानीलकण्ठ नगरपालिकाद्वारा सगरमाथा आरोहि गिनिज वर्ल्ड फुर्वा तेन्जिङ्ग शेर्पालाई बिदाई

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ चैत्र २०८०, मंगलवार ०५:५९

काठमाडौँ । विभिन्न ४ वटा विधामा गिनिज वर्ल्ड किर्तिमानी कायम गर्नुभएका फुर्बा तेन्जिङ्ग शेर्पा विभिन्न देशिका आरोही टोली समेत १६ औ पटकको सगरमाथा आरोहणका प्रस्थान गर्दैछन् ।

दोलखाका शेर्पा हाल बुढानीलकण्ठ नगरपालिका तेन्जिङ्ग चोकका बासिन्दा रहेका छन् ।

बुढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारी, उपप्रमुख अनिता लामा, प्रमुख प्रशासकीय अधिकृत समेत नगरपालिकाका कर्मचारीहरु लगायतले आज उहाँलाई शुभकामना तथा बिदाई गरिएको छ।

उहाँले ४ पटकसम्म गिनिज वर्ल्ड रेकर्ड (Most siblings to have climbed Everest), (Most siblings on an 8000er) मा नाम लेखिसकेका छन् । जसमध्ये उनका परिवारका ४ जना सदस्यहरुले एकै समयमा सगरमाथा आरोहण, ७ जना सदस्यहरुले एकै समयमा सगरमाथा आरोहण, ८ सदस्यहरुले एकै समयमा सगरमाथा आरोहण तथा सबैभन्दा सानो उमेरमा धेरैपटक सगरमाथामा पाहिला व्यक्ति रहेका छन् ।

उनले १६ वर्षको उमेर देखि सगरमाथा आरोहण शुरु गरेका थिए र २४ वर्षको उमेरसम्ममा ९ पटक सगरमाथा आरोहणको कीर्तिमानी कायम गरिसकेका छन्।

यस पटकको आरोहणका लागि नेपाली आरोही १८ जना जसमा अधिकांस आरोही बुढानीलकण्ठकाका रहेका छन्। उनि समेतको टोली १४ मार्चमा लुक्ला पुग्नेछ । उनले सगरमाथा सहित मनास्लु, Muztagh Ata, Amadablam, Lobuche, Mera, Yala, Island, Ramdung, Yalung Ri and Pharchamo. उनले Khang Karpo र Khang Karpo को पहिलो सफल आरोहण गरेका हुन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २१, २०८१