कस्ता रोग भएका व्यक्तिले सेक्स पावर बढाउने औषधि भियाग्राको प्रयोग गर्नु हुँदैंन ? जान्नुहोस

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ चैत्र २०८०, सोमबार १७:१६

पछिल्लो समय मानिसहरुमा यौन शक्ति बढाउनका लागी बिभिन्न खालको औषधीहरु समेत खाने गरेको पाईएको छ । मानिसहरु बिना चिकित्सकोे सल्लाह बीना नै भियाग्रा औषधीहरु खाने गर्दछन् । तर खास गरी युवाहरुले आफ्नो पुरुषत्व बढाउन र लामो समयसम्म यौनआनन्द लिन भियाग्रा खाने गरेको हुन्छ ।

यती मात्र नभई आफ्नो यौनसाथीको सामु शरम नहोस् भनेर भियाग्राको प्रयोग लपारवाही रुपमा गर्दे आएको भेटिन्छ । यस्तो लापारवाहीले यौन शक्ति बढाउने औषाधी स्वास्थ्यका लागि हानिकारक हुने चिकित्सकहरुको भनाई छ ।

कस्ता ब्यक्तिको लागी भियाग्राको प्रयोग ?

भियाग्रा केवल नपुंसकत्वको समस्या भएका पुरुषले गर्न सक्छन् । त्यस्तै धम्कीको समस्या भएकाले यसको प्रयोग गर्नु खतराजनक हुन्छ । यसको प्रयोग गर्दा डाक्टरको सल्लाह अनिवार्य लिनुपर्छ । अन्यथा यसको अनियन्त्रित प्रयोगले दीर्घकालीन स्वास्थ्य समस्या समेत निम्त्याउँछ ।

कस्तो समस्या आउँछ ?

यसले डर लाग्दो समस्या ल्याउनसक्छ । यसको अत्यधिक प्रयोगले मानिसलाई जीवनभर अन्धोपना हुनसक्छ भने यसको प्रयोगबाट इरेक्सन लामो समयसम्म रहनसक्छ ।

त्यसबाहेक टाउको दुख्ने, चक्कर चल्ने, आँखाको दृष्टि कमजोर हुने, गर्मी लाग्ने, नाक बन्द हुने जस्ता समस्या हुनसक्छ । त्यस्तै यसको अनियन्त्रित प्रयोगले श्वासप्रश्वासमा समेत समस्या निम्त्याउँछ ।

कसले प्रयोग नगर्ने ?

अझ एचआईभीको औषधि रिटोनविर लिइरहेको व्यक्तिले त यसको प्रयोग गर्नै हुँदैन । त्यस्तै मुटुरोगीहरुको लागि भियाग्राको प्रयोग झनै खतरापूर्ण हुन्छ । त्यस्तै ब्लड प्रेसर-उच्च रक्तचाप), सुगर (चिनी रोग) भएकाहरुले पनि भियाग्राको प्रयोग गर्नुहुँदैन ।

मिर्गौला रोगीहरुले पनि डाक्टरको सल्लाहअनुसार मात्रै लिनुपर्ने हुन्छ । नभए केही मिनेटको आनन्दको लागि जिन्दगी नै जोखिममा पर्न सक्छ । स्वास्थ्य विशेषज्ञहरुका अनुसार चिकित्सकको सल्लाहविना भियाग्रा लिनु निकै जोखिम मोल्नु हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २१, २०८१