सुदूरमा नाउपाकी सांसद इन्दिरा गिरी पदमुक्त

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ चैत्र २०८०, सोमबार १६:५४

काठमाडौं । सुदूरपश्चिम प्रदेशकी सांसद इन्दिरा गिरी पदमुक्त भएकी छन् । नागरिक उन्मुक्ति पार्टीकी सांसद रहेकी उनलाई पार्टीको निर्देशन नमानेको भन्दै सांसदबाट हटाउन पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले प्रदेश सभामा निवेदन पठाएकी थिईन् ।

नाउपाको पत्रपछि सभामुख भीम भण्डारीले उनलाई पदमुक्त गरेको सूचना सार्वजनिक गरेका छन् ।

कमल शाह नेतृत्वकाे सरकारमा सहभागी नहुन दिइएकाे निर्देशन अटेर गरेकाे भन्दै नाउपाले गिरीलाई कारबाही गरेकाे हाे । गिरी शाह सरकारमा राज्यमन्त्री बनेकी थिइन् । सुदूरमा नाउपाले गिरीलाई पदमुक्त गर्दै तीर्थराज बोहराको नाम सिफारिस गरेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, अशोज ४, २०८१