कोशीमा माओवादीका ३ मन्त्रीले दिए राजीनामा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ चैत्र २०८०, सोमबार १६:५३

काठमाडौं । संसदीय दलको बैठकले प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेलगत्तै नेकपा माओवादी केन्द्रका ३ मन्त्रीले राजीनामा दिएका छन् ।

सोमबार मुख्यमन्त्री केदार कार्कीसमक्ष उनीहरुले पदबाट राजीनामा दिएका हुन् ।

कांग्रेस नेता केदार कार्की नेतृत्वको सरकारमा माओवादीबाट खानेपानी सिँचाइ तथा ऊर्जा मन्त्री नारायण बुर्जा मगर, सामाजिक विकास मन्त्री राजेन्द्र कुमार राई र पर्यटन, वन तथा वातावरण गणेश उप्रेती रहेका छन् । सोमबार बसेको माओवादी कोशी प्रदेश संसदीय दलको बैठकले आजै पार्टीका मन्त्रीहरूले राजीनामा दिने निर्णय गरेको थियो ।

माओवादीले सरकार छाडेसँगै अर्को प्रमुख दल नेकपा एमालेले पनि समर्थन फिर्त लिँदैछ। एमालेले समर्थन फिर्ता लिएर दुई दलले नयाँ सरकार गठन प्रक्रियाको तयारीमा जुटेका छन्।

कोशी प्रदेशमा एमालेले सरकारको नेतृत्व गर्ने सहमति भए पनि मुख्यमन्त्री केदार कार्की संविधानको धारा १६८ को उपधारा ५ अनुसार नियुक्त भएका थिए । कांग्रेसका सांसद उनले प्रदेश सदस्यको हैसियतले बहुमतसिद्ध गरी मुख्यमन्त्री दाबी गरेका थिए ।

एमालेको सहयोगमा मुख्यमन्त्री भएका उनलाई पछि माओवादीले समर्थन गरेपछि विश्वासको मत लिएका थिए । कांग्रेसका कार्कीले सरकार निर्माणका लागि अन्तिम धारा १६८ (५) प्रयोग भएकाले मध्यावधिको चेतावनी दिए पनि संविधानविद्ले बहुमतसिद्ध गर्न सक्ने दलले मुख्यमन्त्री दाबी गर्न सक्ने बताउँदै आएका छन् ।

सांसदहरूकाे हस्ताक्षर संकलन गरी समर्थन फिर्ता लिएकाे पत्र प्रदेश प्रमुखलाई बुझाएर सरकार ढाल्ने र नयाँ गठबन्धनकाे सरकार गठन गर्ने एमाले–माओवादीकाे तयारी छ । तर, मुख्यमन्त्री कार्कीले भने संवैधानिक व्यवस्था अनुसार आफू नेतृत्वकाे सरकार ढाल्ने नसक्ने जिकिर गर्दै आएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, अशोज ४, २०८१