अडानबाट कांग्रेस टसमस नभएपछि सभामुखसँगको छलफल निष्कर्षविहीन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ चैत्र २०८०, सोमबार १६:५१

काठमाडौं । सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख ४ दलका शीर्ष नेताहरुको बैठक बिना निष्कर्ष टुंगिएको छ ।

सोमबार सभामुख देवराज घिमिरेको कार्यकक्ष सिंहदरबारमा बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्नो अडान नछाडेपछि बैठक निष्कर्षवीहिन बनेको हो ।

बैठकमा सहभागी नेपाली कांग्रेसले सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न समिति बनाउनुपर्ने आफ्नो मागप्रति अडिग रहेपछि बैठकमा सहमति जुट्न नसकेको हो ।

उपप्रधान एवम् गृहमन्त्री लामिछानेमाथि सहकारीको रकम अपचलन गरेको आरोपमा कांग्रेसले संसदीय छानबिन समितिको माग गर्दै आएको छ । यसअघि अघिल्लो संसद बैठकमा बोल्दै कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले आउँदो संसद बैठकमा सरकार छानबिन समितिसहित नआए बैठक चल्न नदिने अल्टिमेटम दिएका थिए ।

छलफलमा सभामुखसहित प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेल, गृहमन्त्री एवं रास्वपाका सभापति लामिछानेलगायत नेता सहभागी थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१