किवानिज इन्टरनेशनल डिष्ट्रिक्ट नेपालको Mid-Year Conference र KCFN Night भब्य रुपमा सम्पन्न (फोटो सहित)

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ चैत्र २०८०, सोमबार ०८:५९

काठमाडौं । किवानिज इन्टरनेशनल डिष्ट्रिक्ट नेपालको यस वर्षको MID Year Conference २०८० चैत्र  २४ गते  शनिबार  अर्थात ६ अप्रिल  २०२४  मा भब्य रुपमा सम्पन्न  भएको छ ।

२०८० चैत्र  २४ गते  शनिबार एलिस रिसेप्सन , गैह्रीधारा काठमाडौंमा यस वर्षको MID Year Conference  किवानिज अन्तराष्ट्रिय वोर्ड अफ ट्रष्टि मोहन लम्सालको  प्रमुख आतिथ्यतामा  सम्पन्न भएको हो

काठमाडौंको एलिस रिसेप्सनमा भएको  MID Year Conference मा झन्डै ३०० जनाको उपस्थिति रहेको  MID Year Conference  Coordinator  तथा भाइस गभर्नर डा रामशरण थपलियाले बताउनुभयो । एलिस रिसेप्सन , गैह्रीधारा काठमाडौंमा १०  वजे देखि ४ वजे सम्म भएको उक्त कार्यक्रममा  आफैमा पुरस्कार, सम्मान, भेटघाट, हार्दिकता आदान प्रदान रहेको समेत थपलियाले बताउनुभयो ।

किवानिज वर्ष २०२२-२०२३ का  गभर्नर लक्ष्मण लम्सालले  सोही वर्षमा क्लव, डिभिजन तथा डिष्ट्रिक वोर्ड सदस्यले गरेका कार्यहरुको मूल्याकंन गरी पुरस्कार र सम्मान गरेका थिए । यस वर्षको MID Year Conference मा सबै किवानियनहरु सहभागी भएका लम्सालले जानकारी गराए ।

सोहि दिन साझ  Aloft hotel ठमेलमा KCFN Night पुर्व  अर्थमन्त्री डा प्रकाशशरण महतको प्रमुख आतिथ्यमा  KCFN Night  सम्पन्न भएको थियो ।

यस वर्षको Aloft hotel ठमेलमा भएको KCFN Night मा झन्डै १३ लाख सहयोग समेत जुटेको किवानिज इन्टरनेशनल डिष्ट्रिक्ट नेपालका गभर्नर तिर्थ कुमार सिंहले  जानकारी गराउनुभयो । सिंहका अनुसार   KCFN Night मा उत्साहका साथ किवानियनहरुको सहभागी रहेको जानकारी दिए। गभर्नर  सिंहले सहभागीलाई धन्यबाद दिदै आगामी कार्यक्रममा झन् बढी सहभागी हुने अपेक्षा समेत राखेका थिए ।

कार्यक्रममा  KCFN भाइस चेयर प्रकाश कुमार भण्डारी,KCFN वोर्ड,कलाकार तथा मोटिभेसनल स्पिकरहरु सहित सम्पूर्ण किवानिजहरुको उपस्थिति रहेको KCFN सचिव राजन न्यौपानेले जानकारी दिए । KCFN Night मा झन्डै २०० को उपस्थिति रहको  रजिस्ट्रेसन कमिटिका संयोजक रामहरी सुबेदीले बताए ।

May be an image of 6 people, dais and text that says 'Kiwanis NEPAL DISTRICT EAR 2023-2024 CONFERENCE 2024 -4PM 4 PM ARA, NAXAL MAND IMMI 080 080|6ARL202 6 APRIL 202'May be an image of 1 person, dais and textMay be an image of 8 people, dais and text that says '2023-2024 2023 ALICE 10 AM 10AM-4PM 4 PM GAIRIDHARA, NAXAL KATHMANDU 一 SMAK 24CHAITRA 2080 6 APRIL 2024 SATURDAY mOdd'May be an image of 14 people and suitMay be an image of 7 people, suit and textMay be an image of 4 people, lighting and daisMay be an image of 7 people, dais and textMay be an image of 6 people and textMay be an image of 2 people, lighting, table and textMay be an image of 1 person, studying and tableMay be an image of 7 people, dais and textMay be an image of 6 people, table and text

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१