कुकुरसँग जबरजस्ती सम्भोग गरेको आरोपमा युवती पक्राउ

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२१ कार्तिक २०७१, शुक्रबार ०५:३८

कुकुरसँग जबरजस्ती सम्भोग गरेको आरोपमा युवती पक्राउ लण्डन । यौन सम्बन्ध कायम गर्नका भएका विचित्रका किस्साहरु धेरैले सुनेका होला । तर, यो घटना थाहा पाएर तपाई आफै पनि हैरानीमा पर्नुहुनेछ । बेलायतमा कुकुरसँग जबरजस्ती यौन सम्बन्ध कायम गरेको आरोपमा एउटी अस्ट्रेलियन युवतीमाथि मुद्दा चलाइएको छ।

डेली मेल अनलाइनका अनुसार महिलाको मोबाइलबाट प्रहरीले केही भिडियो बरामद गरेको थियो, जसमा उनी कुकुरसँग क्रुरतापूर्वक यौन सम्बन्ध बनाइरहेकी थिइन् । २५ वर्षीया जेना ड्रिस्कोबाट प्रहरीले यो विचित्रको भिडियो क्लिप बरामद गरेको हो । उनी नशालु पदार्थको तस्करीको आशंकामा पक्राउ परेकी थिइन् ।
त्यसक्रममा तलासी लिँदा प्रहरीले उनको मोबाइलबाट यसप्रकारको भिडियो बरामद गरेको हो । उनको मोबाइलबाट प्रहरीले तीन वटा भिडियो फेला परेको थियो । जसमा जेनाले कथित रुपमा कुकुरसँग यौन सम्बन्ध कायम गर्दैै गरेकी थिइन् । बिसब्रेन निवासी जेनालाई प्रहरीले बुधबार मजिस्ट्रेट कोर्टमा पेस गरेको छ। कोर्टले उनलाई जमानत दिएको छ ।
पशुमाथि क्रुरताविरुद्ध काम गर्ने संगठन रोयल सोसाइटीका मार्क टाउनऐडले जेनाले गरेको यो कृत्यको निन्दा गरेका छन् । एजेन्सी

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१