गोकर्णेश्वर नगरपालिकाले नगर अस्पतालमा आँखा उपचार सेवा सुरु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ चैत्र २०८०, आईतवार ०६:३३

काठमाडौँ । गोकर्णेश्वर नगरपालिकाले नगर अस्पतालमा आँखा उपचार, मुटुरोग विशेषज्ञलगायतका सेवा सुरु गरेको छ । नगरपालिकाको वडा –४ गोकर्णेश्वरस्थित नगर अस्पतालमा सेवा बिस्तार तथा उदघाटनसम्बन्धी कार्यक्रमको आयोजना गरी छुट्टै इकाइ स्थापनासँगै यी सेवाहरु सञ्चालन भएका हुन् ।

नेपाल दृष्टि विशेषज्ञ संघका महासचिव डा. दिपककुमार साहले आँखाको प्राथमिक उपचार स्थानीय तहमै उपलब्ध गराउन संघको सहकार्यमा नगरपालिकाले छुट्टै इकाइ स्थापना गरी नेत्ररोगसम्बन्धी सेवा सञ्चालन गरेको जानकारी दिनुभयो । नगरपालिकाका प्रमुख दिपककुमार रिसालले आँखा युनिटको उदघाटन गर्नुभयो ।

करिब एक लाख पचास हजार जनसङ्ख्या रहेको गोकर्णेश्वर नगरपालिकामा सो सेवा सुुरु भएपछि सुन्दरीजल, बालुवा, जोरपाटी, नयाँपाटी र गोकर्णेश्वर क्षेत्रका बासिन्दा लाभान्वित हुने अपेक्षा गरिएको छ ।

रिसालले राष्ट्रिय स्वास्थ्य नीति अन्तर्गत अन्य सेवासँगै आँखाको उपचारसमेत आधारभूत सेवाको रुपमा सुचारु गरिएको बताउनुभयो । संघका अध्यक्ष निरजदेव जोशीले देशका विभिन्न स्थानमा आँखाजाँच कार्यक्रम गर्दैआएको संघले नगरपालिकासँग सहकार्य गरी छुट्टै इकाइ स्थापना गर्न सहकार्य गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१