बुढानिलकण्ठ विद्यालयमा भर्ना खुल्यो, परिक्षा चैत्र २९ गते दिउसो ११ बजे (सुचना सहित)

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ चैत्र २०८०, आईतवार ०६:२६

पुजन विश्वकर्मा। शिक्षा मन्त्री सुमना श्रेष्ठले एक भिडियो सार्वजनिक गर्दै बुढानिलकण्ठ विद्यालयमा भर्ना खुलेको जानकारी गराउदै एक जिल्ला बाट एक जना पर्ने गरि भर्ना लिईने जानकारी दिएकी छिन् ।

शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले बुढानिलकण्ठ विद्यालयको वेव साईटमा गएर फाराम डाउनलोड गरि रितपुर्वक भर्न र चैत्र २८ गते दिउसो १ बजे देखि साँझ ४ बजे सम्म र २९ गते विहान८ बजे देखि १० बजे सम्म फाराम बुझाउन सकिने पनि बताएकी छिन् ।

उनले जेहेन्दार विद्यार्थी सम्म यो सुचना पुराईदिन सामाजिक सन्जाल फेसबुक मा भिडियो अपलोड गरि आव्हान समेत गरेकी छिन् । बुढानिलकण्ठ विद्यालयमा अध्ययन गर्न सामुदायिक विद्यालय बाट कक्षा ४ उत्तिर्ण भएको हुनुपर्ने,विद्यालयको सिफारिस,जन्मदर्ता लगायत आवश्यक कागजात र परिक्षा केन्द्रहरु बारे पनि सुचनामा प्रष्ट सँग जानकारी दिइएको मन्त्री श्रेष्ठको सचिवालयले जानकारी दिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २१, २०८१