देउवाको निर्देशनः ‘एक्लै चुनाव लड्नुपर्ने अवस्था आएको छ, बहुमत ल्याउन कम्मर कसेर लाग्नुस्’

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ चैत्र २०८०, आईतवार ०६:०४

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी निर्वाचनमा बुहमत ल्याउने गरी तयारीमा लाग्न आग्रह गरेका छन् । आज (शनिबार) शंकरापुर नगरपालिकामा पार्टीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टीले एक्लै चुनाव लड्नुपर्ने अवस्था आएको बताए ।

यस्तो अवस्थामा बहुमत ल्याउने गरी कम्मर कसेर लाग्न उनले नेता तथा कार्यकतालाई निर्देशन दिए । साथै, उनले पार्टीमा घात, अन्तर्घात नगर्न पनि आग्रह गरे ।

‘एक भएर लागेर, आपसमा घात–अन्तर्घात नगरेर एक्लै लड्नुपर्ने अवस्था आएको छ हामीले । त्यसकारण झन एक भएर लाग्दै बहुमत ल्याउनका लागि प्रयासमात्रै होईन कम्मर कसेर पूरा गर्नका लागि अनुरोध गर्दछु,’– उनले भने ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १९, २०८१