बच्चालाई कामज्वरो आए के गर्ने, के नगर्ने ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ चैत्र २०८०, शनिबार ०६:४३

जन्मेदेखि ५ वर्षसम्मका बालबालिकालाई कहिलेकाहीँ कामज्वरो आउने गर्दछ । त्यस्तो वेला अभिभावकहरू आत्तिने गरेको पाइन्छ ।

अभिभावक आत्तिदा बच्चामा झनै समस्या हुने गरेको पाइएकाले नआत्तिकन बच्चालाई सुरक्षितसाथ राख्न डाक्टर विश्वबन्धु बगालेले यस्तो सुझाब दिएका छन् :

काम ज्वरोका लक्षण :

आँखा माथि फर्काउने ।
हातगोडा सबै कम्पन हुने ।
जिउ नै अररो हुने ।
मुखबाट फिँज निकाल्ने ।
छोड्ने ।
यस्तो हुँदा के गर्ने ?

बच्चालाई दायाँ वा बायाँ कोल्टे फर्काएर राख्ने ।
जतिसक्दो चाँडो नजिकैको अस्पताल लैजाने ।
ज्वरो धेरै नै छ भने पानीपट्टी लगाउने ।
के नगर्ने ?

आत्तिनु हुँदैन, आत्तिएको खण्डमा बच्चा लड्ने तथा खाटबाट खसेर चोटपटक लाग्ने सम्भावना हुन्छ ।
बच्चालाई उत्तानो पारेर राख्दा थुक वा अरू केही सर्किने सम्भावना हुन्छ, जुन अत्यन्तै खतरनाक हुन्छ ।
बच्चाको मुखमा केही नघुसार्ने । औँला घुसार्दा औँला टोकिने सम्भावना हुन्छ अनि अरू केही चिज राख्दा दाँत भाँचिने सम्भावना हुन्छ ।

भविष्यमा हुन नदिन के गर्ने ?

यो रोगको रोकथाम विधि भनेको ज्वरो आउनै नदिनु हो, जुन सम्भव छैन ।
त्यही भएर ज्वरो आएर यस्तो लक्षण देखिएमा बढी सजगता अपनाउनु नै यसको रोकथाम हो ।
घरमा अनिवार्य ज्वरो नाप्ने यन्त्र र सिटामोल राख्ने ।
ज्वरो आएमा तत्काल पारासिटामोल दिइहाल्ने ।
बच्चालाई गुम्स्याएर नराख्ने ।
ज्वरो धेरै नै छ भने पानीपट्टी लगाउने ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २१, २०८१