अब रोबोट बाटै बच्चा जन्माउन सक्ने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ चैत्र २०८०, शनिबार ०६:२७

काठमाडौं। संसारकै पहिलो जीवित रोबोट बनाएका अमेरिकी वैज्ञानिकहरुले यो रोबोटमा प्रजनन क्षमता पनि भएको जनाएका छन् । जीवित रोबोटलाई जेनोबोट भनिन्छ । वैज्ञानिकहरुले अफ्रिकी भ्यागुताको स्टेम कोशिकाहरुको उपयोग गरेर विश्वको पहिलो जीवित, स्वउपचार रोबोट बनाएका हुन् ।

जेनोबोटलाई पहिलो पटक २०२० मा सार्वजनिक गरिएको थियो । यी रोबोटको आकार निकै सानो हुन्छ । त्यतिबेला गरिएका विभिन्न प्रयोगमा यी जीवित रोबोटहरु हिँड्न सक्ने, साथमा काम गर्न सक्ने र आफूले आफैंलाई उपचार गरेर ठिक गर्न सक्ने तथा खाना बिना हप्तौंसम्म जीवित रहन सक्ने भएको पत्ता लागेको थियो ।

 

वर्मोन्ट विश्वविद्यालय, टफ्टस विश्वविद्यालय र हार्वर्ड विश्वविद्यालयको भाइस इन्स्टिच्युट फर बायोलोजिकल इन्स्पायर्ड इन्जिनियरिङमा अहिले केही वैज्ञानिकहरुले जेनोबोट्स विसित गरेका छन् । सीएनएनको रिपोर्टअनुसार यी वैज्ञानिकहरुले जनावर, वा बिरुवाको भन्दा फरक जैविक प्रजननको बिल्कुलै नयाँ रुप खोजी गरेको बताएका छन् । यो रुप विज्ञानलाई अहिलेसम्म थाहा भएको कुनै रुपभन्दा बिल्कुनै अलग भएको उनीहरुले बताएका छन् ।

अहिले बनाइएको जेनोबोट गत वर्ष सार्वजनिक गरिएको बायोलोजिकल रोबोटको अद्यावधिक गरिएको संस्करण हो । यो जीवित रोबोटलाई वैज्ञानिकहरुले भ्यागुताको कोशिकाबाट तयार गरेका हुन् । यो सानो रोबोटले कैयौं काम एकैचोटी गर्न सक्छ । यो रोबोटले कैयौं एक्ला कोशिकाहरुलाई जोडेर आफ्नो शरीर बनाउन सक्ने वैज्ञानिकहरुले बताएका छन् ।

विज्ञहरुका अनुसार मानिसजस्तै भ्यागुताका कोशिकाले एक शरीरको निर्माण गर्छन् । यी कोशिकाले एक प्रणालीको रुपमा काम गर्छन् । जेनोबोट बनाउनको लागि वैज्ञानिकले भ्यागुताको भ्रुणबाट जीवित स्टेम कोशिकाहरु निकालेर त्यसलाई इन्क्युबेट गरेका थिए ।

कम्प्युटर विज्ञानका प्राध्यापक र रोबोटिक्स जोश बोंगार्डले भने ‘धेरैजसो मानिसहरु रोबोटलाई धातु र सिरेमिकबाट बनेको मान्छन् । तर यो रोबोट केवल यति मात्रै होइन । यो रोबोट आनुवंशिक रुपले परिवर्तित भ्यागुताका कोशिकाबाट बनेको जीव हो ।’

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २१, २०८१