मोटोपन घटाउने यी सात हेल्थी उपाय

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ चैत्र २०८०, शनिबार ०६:१०

काठमाडौँ – मोटोपनले शारीरिक असजिलाहरु बढाउने विभिन्न अध्ययनले देखाएको छ । यी असजिलाहरुमा मोटोपनकै कारण हुने विभिन्न स्वास्थ्य समस्याहरु सबैभन्दा प्रमुख हुन् ।

मधुमेह, उच्च रक्तचाप जस्ता रोगहरु र मुटुसँग सम्बन्धित थुप्रै रोगगहरुको कारक मोटोपन बन्न सक्छ । समयमै खाना नखानु तथा अनियमित जीवनशैलीले मोटोपनलाई बढावा दिइरहेको हुन्छ । तर यदि हामीले मोटोपन कम गर्नुछ भने सबैभन्दा पहिले आफ्नो जीवनशैलीमा सुधार ल्याउनु पर्छ ।

 

नियमित समयमा उठ्ने, योगा गर्ने, समयमै खाना खाने गर्नाले मोटोपनको समस्याबाट छुटकारा पाउन सकिन्छ । तर मोटोपन कम गर्ने भन्दै खानै छोड्न, शरीरलाई आवश्यक पर्ने पौष्टिक तत्व पनि नपुग्ने गरी ‘डाइटिङ्ग’ गर्नु स्वास्थ्यका लागि खराब हुने डाक्टर तथा पोषणविदले बताउने गरेका छन् । त्यसैले मोटोपन घटनाउनका लागि स्वस्थकर उपायहरु, जसको नकारात्मक असर नहोस्, ती अपनाउनु पर्छ ।

यहाँ मोटोपन कम गर्ने ७ हेल्थी (स्वस्थ) उपायका बारेमा चर्चा गरिएको छ ।

१) फाइबरयुक्त भोजन
फाइबर हाम्रो खानाको अहम हिस्सा हो । फाइबरले शरीरमा केवल उर्चा मात्रै प्रदान गर्दैन यसले इन्सुलिनको स्तरलाई पनि कम गर्छ । हाम्रो शरीरलाई हरेक दिन २५ देखि ३५ ग्राम फाइबर आवश्यक हुन्छ । त्यसैले आफ्नो खानामा उच्च फाइबरयुक्त चिज सामेल गर्न आवश्यक हुन्छ । यसले कोलेस्ट्रोल पनि नियन्त्रण हुन्छ ।

२) प्रोटिन र सागसब्जीको मात्रा बढाउने
प्रोटिन र सागसब्जीले शरीरमा रहने बोसोको मात्रा कम गर्छ, विशेष गरी त्यो समय जब हामीले व्यायाम गरेका हुँदैनौँ । प्रोटिन हाम्रो शरीरको विकास र स्वास्थ्यका लागि जरुरी रहन्छ । प्रोटिनबिना शरीरको छाला, रगत, मांसपेशी र हड्डीको कोशिकाहरुको विकास हुन सक्दैन ।

 

प्रोटिनयुक्त खानाले हाम्रो शरीरको मेटाबोलिज्म ठीक रहन्छ, शरीरमा उर्जा उत्पादन भइरहन्छ र ब्लड सुगरको स्तर नियन्त्रणमा रहन्छ । मटर दाल, राजमा, पनीर, अण्डा र दूधमा प्रचुर मात्रामा प्रोटिन पाइन्छ । यसलाई आफ्नो खानामा समावेश गरेमा शरीर स्वस्थ रहन्छ ।

३) कार्बाेहाइड्रेट कम भएको खाना
कार्बाेहाइड्रेट शरीरलाई शक्ति दिने प्रमुख श्रोत हो तर यसको अधिकता थुप्रै घातक रोगहरुको कारण पनि बन्न सक्छ । मधुमेह यी मध्य प्रमुख रोग हो । कम कार्बाेहाइड्रेट रहेको खानाले मोटोपन घटाउन महत्वपूर्ण भूमिका खेल्छ ।

 

कम कार्बाेहाइड्रेट भन्नाले खानामा प्रोटिनको मात्रा धेरै हुनु हो । हामीले यस्तो खाद्य पदार्थ खानुपर्छ जसमा प्रोटिन धेरै होस् र कार्बाेहाइडे«टको मात्रा कम होस् । पनीर, दूध, अण्डा यसका उदाहरण हुन् । कम पोषणयुक्त आहार जस्तै पास्ता, ब्रेड, भात, आलु र बढी तेलयुक्त खाद्य पदार्थको सेवन कम गर्नुपर्छ ।

४) आफ्नो डाइट चार्ट बनाउने
यदि हामीले आफ्नो शरीरलाई फिट राख्नुछ र मोटोपनबाट छुटकारा पाउनु छ भने आफ्नो डाइट चार्ट बनाउन अति आवश्यक छ र यसलाई ईमान्दारीका साथ पालना गर्नुपर्छ ।

 

डाइट चार्टमा हेल्दी आहार राख्नुपर्छ । र यसमा हा्रमो शरीरलाई कति क्यालोरी आवश्यक पर्छ त्यति नै मात्रामा आहार राख्नुपर्ने कुरामा ध्यान दिनुपर्छ । बिहान सबेरै उठेर पानी पिउनुपर्छ । बिहानको नाश्तामा अण्डा, हरियो साग खानु धेरै राम्रो मानिन्छ ।

नाश्ता खाएको तीनघण्टापछि कुनै पेय पदार्थको सेवन पनि राम्रो मानिन्छ । दिउँसोको खाना पोषणयुक्त हुनुपर्छ ताकि हाम्रो तौल नियन्त्रणमा रहोस् रातिको खाना पनि डाइट चार्ट अनुसार नै खानुपर्छ ।

५) प्रसस्त मात्रामा पानी पिउने

यदि हामी फिट रहन चाहन्छौँ भने प्रसस्त मात्रामा पानी पिउन आवश्यक छ । स्वस्थ्य रहन दिनमा कमसेकम डेढ देखि तीन लिटर पानी पिउनुपर्छ । हाई क्यालोरीयुक्त डिं«क्स मसलन सोडा तथा जुसको सेवन कम गर्नुपर्छ ।

६) हरेक दिन तीन मिनेट दौड्ने

हरेक दिन तीन मिनेट दोडियौँ भने पनि मोटोपन कम गर्न सहयोगी हुन्छ । तीव्र गतिमा पैदल हिँड्यौँ भने पनि तौल कम गर्न सकिन्छ । हामीले १५ दिन मात्रै यसको पालना गर्दा तौल घटेको असर देखा पर्छ । पैदह हिँड्ने बानी बसाल्यौँ, लिफ्ट चढ्नुभन्दा सिँढी चढेर गयौँ र साइकल चलायौँ भने पनि तौल कम गर्न सहयोग पुग्छ । यसका साथै योग पनि फाइदाजनक छ ।

७) मस्त निदाऔँ

शरीरमा बोसोको मात्रा कम गर्ने थुप्रै प्रक्रियाहरु त्यतिबेला चलायमान हुन्छन् जतिबेला हामी निन्द्रामा हुन्छौँ । त्यसकारण हरेह दिन ६ देखि ८ घण्टा गहिरो निन्द्रा चाहिन्छ । एक अध्ययन अनुसार कम सुत्ने गरेका कारण पनि शरीरको तौल बढ्न सक्छ । यसको एक कारण यो पनि हुन सक्छ कि हामी सुतेका छैनौँ भने भोक पनि धेरै लाग्न सक्छ तर पाचन प्रक्रिया सुस्त हुने भएका कारण क्यालोरी खर्च हुने रफ्तार घटेर जान्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २१, २०८१