बुनपा वडा ७ मा विपन्न अल्पसंख्यक सहित वडाबासीलाई आत्मनिर्भर सम्बन्धि अभिमूखिकरण कार्यक्रम सम्पन्न

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ चैत्र २०८०, शुक्रबार ०७:१८

काठमाडौं । बुढानिलकण्ठ नगरपालिका वडा नं ७ को आयोजना तथा शुभम मल्टिमिडियाको सहजीकरणमा वडा न ७ स्थित पानचोक सामुदायिक भवनको सभाहलमा चैत्र २० गते विपन्न अल्पसंख्यक सहित वडाबासीलाई आत्मनिर्भर कसरी बन्न सकिन्छ बिषयक १ दिबसिय अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

वडा न ७ स्थित पानचोक सामुदायिक भवनको सभाहलमा भएको कार्यक्रममा विपन्न अल्पसंख्यक सहित वडाबासीलाई आत्मनिर्भर कसरी बन्न सकिन्छ बिषयक १ दिबसिय अभिमुखिकरण तथा आत्मविश्वास सहितको जागरण पैदा गर्नको लागि आयोजित कार्यक्रममा मुख्य प्रशिक्षकको रुपमा राम कुमार ढुंगानाले विशेष प्रशिक्षण प्रदान गर्नुभएको थियो ।

बुढानिलकण्ठ नगरपालीका वडा न ७ का वडा अध्यक्ष बस नारायण महर्जन सहित वडा सदस्य अनिता मिजार ,झपट बहादुर कार्की को उपस्थिति रहेको थियो । तालिमको पहिलो सत्रमा आत्मनिर्भर कसरी बन्न सकिन्छ भन्ने बिषयमा विशेष प्रशिक्षण प्रदान गर्नुभएको थियो ।

कार्यक्रम वडा सचिव राजन पौडेलले कार्यक्रम संचालन गर्नुभएको थियो भने कार्यक्रमको सभाअध्यक्ष वडा सदस्य झपट बहादुर कार्की ले गर्नुभएको थियो । सहजीकरण बोष्टर मिडियाका अध्यक्ष मुकुन्द ढुंगानाले गर्नुभएको थियो । कार्यक्रमको प्रमुख अतिथि बुढानिलकण्ठ नगरपालीका वडा न ७ का वडा अध्यक्ष बस नारायण महर्जन र बिशेष अतिथि वडा सदस्यहरु रहनुभएको कार्यक्रममा राम कुमार ढुंगानाले विशेष प्रशिक्षण प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा राम कुमार ढुंगानाले विशेष प्रशिक्षण प्रदान गर्दै आत्मनिर्भर कसरि बन्न सकिन्छ र सिप सिकेर कसरि घरबाटनै आम्दानि गर्न सकिन्छ भन्ने बिषयमा १० बजे देखि २ बजे सम्म प्रशिक्षण प्रदान गर्नुभएको थियो ।
सिप सिकेर कसरि वडाबासिमा उत्साह र हौसला जागेको, समाजमा सकारात्मक प्रभाव परेको तथा अन्य व्यक्ति निकायले पनि त्यस्तो कार्यको अनुकरण गरेको कार्य सम्बन्धि प्रावधानबारे , प्रशिक्षण प्रदान गर्नुभएको थियो ।
दोश्रो सत्रमा प्रशिक्षकले सानो पुजीबाट आम्दानि गर्न सकिन्छ भनेर डेमो सहितको प्रस्तुति समेत गर्नुभएको थियो भने अल्पसंख्यक र पहुच नपुगेका समाजका नारीहरुकोलागि समेत ब्यक्तित्व विकासहरुका आयामहरुको बारेमा चर्चा प्रशिक्षकले प्रशिक्षण प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा वडा अध्यक्ष बस नारायण महर्जनले दृढ इच्छाशक्ति र संकल्पलेनै वडाबासिमा उत्साह र हौसला जागेको, समाजमा सकारात्मक योजना सहित संघर्ष गरी अगाडि बढ्नुपर्ने कुरामा जोड दिदै यस्ता कार्यक्रमले सबैको मनोबल बलियो भएर दृढता पुर्बक आत्मबल बढ्ने हुदा यो कार्यक्रम महत्वपूर्ण रहेको बताउनुभयो । अल्पसंख्यक र पहुच नपुगेका वडा समाजका नारीहरुकोलागि बिसेष रोजगारका अवसरहरु आगामी बर्ष राख्ने समेत प्रतिबद्धता जनाउनुभएको थियो ।

तालिममा सहभागीहरुले यस्ता कार्यक्रमले कार्यसम्पादनमा थप बल पुग्ने हुदा आगामी दिनमा पनि राख्नुपर्नेमा जोड दिनुभयो । तालिममा सहभागी १२७ जना सबैलाई स्टेशनरी वितरण गरिएको थियो भने तालिममा सहभागी १२७ जनालाइ खाजा पानिको समेत ब्यबस्था गरि कार्यक्रम समापन गरिएको थियो ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१