बुढानीलकण्ठ नगरपालिकाका ३८ यूवाहरुले लिए Local Tourist Guide तालिम

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ चैत्र २०८०, शुक्रबार ०६:१८

काठमाडौं । बुढानीलकण्ठ नगरपालिकाका यूवाहरुको लागी स्थानीय पर्यटन पथ-प्रदर्शक तालिम प्रशिक्षण (LOCAL TOUR GUIDE TRAINING) सम्पन्न भएको छ ।

नगर पर्यटन वोर्डको आयोजना र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानको सहकार्यमा चैत्र ९ गते बाट सुरु भएको तालिममा नगरपालिका विभिन्न वडाबाट ३८ जना सहभागिहरुले प्रशिक्षण लिएका छन् । तालिम वडा नं ०७ स्थित छहारी भवनमा १०दिन सम्म सञ्चालन भएको थियो ।

चैत्र २१ गते एक समारोह विच तालिमको समापन गरेसँगै सहभागिहरुलाई नगरप्रमुख मिठाराम अधिकारीले प्रमाण पत्र वितरण गर्नुभएको छ । प्रमाणपत्र वितरण गर्दै प्रमुख अधिकारीले नगर पर्यटन विकासमा सहभागीहरुबाट विशेष योगदानको अपेक्षा राखेको बताउनुभयो ।

नगर पर्यटन प्रवर्धन र विकासको लागी स्वदेशी तथा विदेशी पर्यटक भित्राउने उद्देश्यका साथ सञ्चालन गरिएको तालिममा सहभागिहरुलाई पर्यटन क्षेत्रका विज्ञहरुले पथ प्रदर्शकमा हुन पर्ने ज्ञान, गुण, सिप र कला सम्बन्धी सिपमुलक तालिम दिईएको पर्यटन वोर्ड अध्यक्ष अर्जुन पाण्डेले जानकारी दिनुभयो ।

तालिम पश्चात सोहि यूवा जनशक्तिलाई परिचालन गर्दै पर्यटन प्रवर्धन साथ साथै यूवा स्वरोजगारको क्षेत्रमा समेत टेवा पुर्याउने लक्ष्य रहेको पाण्डेले जोड्नुभयो ।

समापन कार्यक्रममा नगर प्रमुख मिठाराम अधिकारी लगायत नगर पर्यटन वोर्ड अध्यक्ष अर्जुन पाण्डे, प्रशासन अधिकृत तथा उद्योग पर्यटन शाखा प्रमुख राजकुमार थापा, नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानका विभागिय प्रमुख अजय ढकाल, कार्यक्रम संयोजक रतन साउद र सहभागिहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २१, २०८१