लुम्बिनीमा ढल्यो सरकार, मुख्यमन्त्री चौधरीले दिए राजीनामा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ चैत्र २०८०, शुक्रबार ०६:०५

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले राजीनामा दिएका छ्न ।

प्रदेश सभालाई सम्बोधन गर्दै उनले राजीनामा दिएका हुन् । प्रदेश सभाबाट विश्वासको मत लिन खोजेपनि बहुमत नपुगेपछि उनेल राजीनामा दिएका हुन् । मुख्यमन्त्री चौधरीले आफूले बहुमत नपाउने भएपछि विश्वासको मतको प्रक्रियामा नगई सदनलाई सम्बोधन गरेर राजीनामा दिने व्यवस्था मिलाउन सभामुख तुलाराम घर्तीमगरसँग समय मागेका थिए ।

मुख्यमन्त्रीले राजीनामा दिएसँगै नयाँ गठबन्धनमा रहेका एमाले,माओवादी,जसपा,नेकपा एस, स्वतन्त्रका बहुमत सांसदहरूले हस्ताक्षर गरेर नयाँ सरकार गठनका लागि तयारी गरिसकेका छन् ।

लुम्बिनीमा माओवादी संसदीय दलका नेता जोखबहादर महराको नेतृत्वमा गठबन्धन दलले सरकारको बनाउने तयारी गरेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १९, २०८१