महरालाई मुख्यमन्त्री बनाउन चार दल र एक स्वतन्त्र सांसद सहमत

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ चैत्र २०८०, शुक्रबार ०६:०३

काठमाडौं । लुम्बिनी प्रदेशको मुख्यमन्त्री नेकपा (माओवादी केन्द्र) ले पाउने भएको छ । माओवादी केन्द्र लुम्बिनी प्रदेश सभा संसदीय दलका नेता जोखबहादुर महरालाई मुख्यमन्त्री बनाउन सत्तारुढ दलहरुसहित एक स्वतन्त्र सांसद सहमत भएका हुन् । नेकपा (माओावादी केन्द्र, नेकपा (एमाले) जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी) र स्वतन्त्र सांसद खड्ग बस्नेत महरालाई मुख्यमन्त्री बनाउन सहमत भएका हुन् ।

सहमतिमा प्रदेश सरकारबाट गर्ने सबै राजनीतिक नियुक्तिमा सरकारमा सहभागी सबै दलहरुको अपनत्व हुने उल्लेख गरिएको छ । त्यसैगरी, प्रदेशको पहिचान गर्ने प्रदेश गौरवका योजना साझेदार दलको साझा प्राथमिकताको रुपमा कार्यान्वयन गरिने, सरकारको नीति तथा कार्यक्रम, बजेटको प्राथमिकता र उद्देश्य निर्धारण, बजेट निर्माणलगायत सरकारलाई सहयोग गर्न सरकारमा सहभागी दलको नेतृत्वबाट निर्देशक समिति निर्माण गरेर कार्यसम्पादन गर्ने नीति अवलम्बन गरिने उल्लेख छ ।

लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आजै राजीनामा दिइसकेका छन् । प्रदेश सभालाई सम्बोधन गर्दै उनले पदबाट राजीनामा दिएका थिए । प्रदेश सभाबाट विश्वासको मत लिन खोजेपनि बहुमत पुर्याउन नसकेपछि उनले राजीनामाको विकल्प रोजेका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख २५, २०८१