किवानिज इन्टरनेशनल डिष्ट्रिक्ट नेपालको Mid-Year Conference र KCFN Night चैत्र  २४ गते  शनिबार हुने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२० चैत्र २०८०, मंगलवार ०६:५१

काठमाडौं । किवानिज इन्टरनेशनल डिष्ट्रिक्ट नेपालको यस वर्षको MID Year Conference २०८० चैत्र  २४ गते  शनिबार  अर्थात ६ अप्रिल  २०२४  मा हुने भएको छ ।

२०८० चैत्र  २४ गते  शनिबार  हुने उक्त Conference एलिस रिसेप्सन , गैह्रीधारा काठमाडौंमा विहानको ८  देखी दिनको ४.०० बजेसम्म हुने र  सोहि दिन साझ ५ वजे देखि १० वजे सम्म Aloft hotel ठमेलमा KCFN Night हुन गइरहेको गभर्नर तिर्थ कुमार सिंहले बताउनुभयो।

काठमाडौंको एलिस रिसेप्सनमा हुने Conference को सम्पूर्ण तयारि पुरा भएको गभर्नर सिंहले  जानकारी गराउनुभयो । एलिस रिसेप्सन , गैह्रीधारा काठमाडौंमा ८  वजे देखि ४ वजे सम्म हुने यो सभा तथा सम्मलेन आफैमा पुरस्कार, सम्मान, भेटघाट, हार्दिकता आदान प्रदान, गर्ने कार्यक्रम रहेको समेत गभर्नर तिर्थ कुमार सिंहले बताउनुभयो  ।

यस कार्यक्रममा सबै किवानियनहरु सहभागी हुन पाउने किवानिज वर्ष २०२२-२०२३ का गभर्नरले सोही वर्षमा क्लव, डिभिजन तथा डिष्ट्रिक वोर्ड सदस्यले गरेका कार्यहरुको मूल्याकंन गरी पुरस्कार र सम्मान गर्ने कार्यक्रम समेत रहेको छ ।

यस वर्षको MID Year Conference र Aloft hotel ठमेलमा KCFN Night मा २५० भन्दा बढी किवानिसहरुको उपस्थिति रहने रजिस्ट्रेसन कमिटिका संयोजक रामहरी सुबेदीले जानकारी गराउनुभयो । सुबेदीका अनुसार MID Year Conference मा र  KCFN Night मा उत्साहका साथ रजिस्ट्रेसन भैरहेको जानकारी दिए। 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २१, २०८१