चौधरीको दुखेसोः ‘तीन महिना भयो खाना नखाएको, मलाई आत्महत्या गर्ने परिस्थितिमा पुर्याइसके’

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२० चैत्र २०८०, मंगलवार ०५:५९

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले आफूलाई आत्महत्या गर्ने परिस्थितिमा पुर्याइएको बताएका छन् । आकस्मिक पत्रकार सम्मेलन गर्दै उनले पार्टीको आन्तरिक किचलोले आत्महत्या गर्ने परिस्थितिमा पुर्याएको बताएका हुन् । उनले आफूले पार्टीको किचलोले ३ महिनादेखि खानासमेत नराखएको बताए । केन्द्रीय समितिले गरेको निर्णयसमेत पार्टीका केही मानिसहरुले नमान्दा अहिलेको परिस्थिति सिर्जना भएको उनको बुझाइ छ ।

‘मलाई पनि अचम्म लाग्छ । विरुवा मैले रोपेँ । मलाईँ थाहा छ, यो विरुवा कुन जातको हो । आँपको हो कि, स्याउको हो कि ओखरको हो कि । तीन महिनादेखि मैले खाना खाएको छैन । आत्महत्या गर्ने परिस्थितिसम्म पुर्याइसके । केन्द्रीय समितिको निर्णय मान्दैनौं भन्छन् । अर्काको सञ्चालनमा हामी नचलौं, हाम्रो निर्णय गरौं भन्दा किन नमान्ने त ?’– उनले भने ।

नाउपा वर्तमान सरकारले चलाएको उनको टिप्पणी छ । उनले अर्काको निर्णमा आफूहरु नचल्ने बताए । पार्टीमा पदीय लोलुपता धेरै भएको उनको बुझाइ छ । उनले आगामी चैत २३ र २४ गते केन्द्रीय समिति बैठक बस्ने बताए । उक्त बैठकले गलत गर्ने सबैलाई छानीछानी कारबाही गरेर पार्टी सुद्धीकरण गरिने बताए ।

‘पार्टीमा बाहिरबाट हस्तक्षेप भएर त यस्तो भएको छ । अहिलेको वर्तमान सरकारले चलाइरहेको छ र त यस्तो भइरहेको छ नि । जो त जगजाहेर कुरा छ । पार्टी नागरिक उन्मुक्ति पार्टी हो । अर्काको निर्णयमा हामी किन चल्ने ?’ उनले प्रश्न गरे ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १९, २०८१