मुख्यमन्त्री जम्मकट्टेलले तेस्रो पटक पाए विश्वासको मत

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२० चैत्र २०८०, मंगलवार ०५:५७

काठमाडौं । बागमतीका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले तेस्रो पटक विश्वासको मत पाएका छन् । ११० सदस्यीय प्रदेशसभा बैठकमा १०८ जना प्रदेश सभा सदस्यको उपस्थिति रहेको थियो । ५६ सांसदले मुख्यमन्त्री जमकट्टेललाई विश्वासको मत दिएका हुन् । विश्वासको मतको विपक्षमा ३७ मत परेको थियो भने १५ जना सांसद तटस्थ बसेका थिए ।

जम्मकट्टेललाई एमालेका २७, माओवादीका २१, नेकपा (एकीकृत समाजवादी) का ७ र हाम्रो नेपाली पार्टीका एक सांसदले विश्वासको मत दिए । हानेपाकी सरिता खड्गी प्रदेश सभा बैठकमा अनुपस्थित भईन् ।

पहिलो र दोस्रो पटक सजिलै विश्वासको मत पाएका मुख्यमन्त्री जम्कट्टेलले यसपटक विश्वासको मत लिने अन्तिम समयसम्म बहुमत सदस्य जुटाउन कसरत गर्नुपरेको थियो । नेपाल कम्युनिष्ट पार्टी (एकीककृत समाजवादी) लाई मुख्यमन्त्री आलोपालो गर्ने सहमतिपछि विश्वासको मत दिन तयार भएको बताइएको छ । दुई प्रदेशसभा सदस्य रहेको हाम्रो नेपाली पार्टीबाट शैलेन्द्र बज्राचार्यले मात्र विश्वासको मत दिए ।

सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा नेपालको संविधानको धारा, १८८ को उपधारा २ अनुसार मुख्यमन्त्रीले प्रदेश सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ । कांग्रेसले विश्वासको मत फिर्ता लिएको चैत २२ गते ३० दिन पुग्दैछ ।

यसअघि पहिलोपटक एमाले, माओवादी केन्द्र, राप्रपा, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीका ७० प्रदेशसभा सदस्यको समर्थमा २०७९ साल पुस २५ गते मुख्यमन्त्री बनेका थिए । सङ्घ सरकारमा समीकरण परिवर्तनसँगै उनले दोस्रोपटक २०७९ साल चैत १० गते विश्वासको मत लिएका थिए । विश्वासको मत प्राप्त गरेपछि मुख्यमन्त्री जम्कट्टेलले सबैको विश्वासलाई साथमा लिएर प्रदेशबासीको हितमा काम गर्ने बताए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख २५, २०८१