भुटानी शरणार्थी प्रकरण : जेलमा रहेका टोपबहादुर रायमाझी अस्पताल भर्ना

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१५ चैत्र २०८०, बिहीबार ०७:००

काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि जेलमा रहेका पूर्वउपप्रधानमन्त्री तथा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी अस्पताल भर्ना भएका छन् ।

बुधबार मुटुमा समस्या आएपछि उनलाई त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको सचिवालयले जानकारी दिएको छ । अहिले उनको उपचार त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भइरहेको छ । चिकित्सकले उनलाई ४८ घण्टा अब्जर्भेशनमा राख्नुपर्ने बताएका छन् ।

बुधवार बिहान देखि इमरजेन्सी शाखामा राखेर उपचार गरिएकोमा थप उपचारको आवश्यक परेपछि रायमाझीलाई बेलुका उक्त शाखाको ४७८ बेडमा भर्ना गरिएको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१