रेशम चौधरी विदेशमा,रञ्जिताले बैठक बोलाएपछि नाउपामा विवाद

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ चैत्र २०८०, बुधबार ११:४६

नागरिक उन्मुक्ति पार्टी (नाउपा)को आज बस्ने भनिएको बैठकका बिषयमा विवाद उत्पन्न भएको छ । अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टीका संरक्षक रेशम चौधरी विदेशमा रहेका बेला केन्द्रीय समितिको बैठक बोलाएकी छन् । चौधरी हाल जापान भ्रमणमा रहेका छन् । पार्टीका संरक्षक नेता रेशमलाल चौधरीको उपस्थिति विना बस्न लागेको बैठकलाई रेशम चौधरी निकट नेताका साथै सुदूरपश्चिमका सांसदहरू बहिष्कार गर्ने तयारीमा छन् । अध्यक्ष रञ्जिता श्रेष्ठले चौधरी नभएको अवसरमा बैठक बोलाएर सुदूरपश्चिम प्रदेश सरकारलाई समर्थन नगर्ने निर्णय गराउन खोजेको नाउपाका नेताहरुले बताएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१